२०८३ साउन ९ शनिबार

बहुमुल्य तथा दुर्लभ धातु ‘फायर अफ अष्ट्रेलिया’ संग्राहलयमा राखिने

ई आर्थिक    आइतबार, माघ २३ २०७३
10.7K
Shares
बहुमुल्य तथा दुर्लभ धातु ‘फायर अफ अष्ट्रेलिया’ संग्राहलयमा राखिने

२३ माघ, काठमाडौँ । सन् १९४६ मा पहिलो पटक दक्षिण अष्ट्रेलीयाको कोवर पेडि मरुभुमिमा भेटिएको विश्वको बहुमुल्य ९९८ ग्रामको दुर्लभ धातु अष्ट्रेलियास्थित एक संग्राहलयमा राखिने भएको छ ।

७० वर्ष भन्दा पहिले पत्ता लागेको उक्त धातुको नाम ‘फायर अफ अष्ट्रेलिया’ हो । साउथ अष्ट्रेलियन म्युजियमका अनुसार सबैभन्दा उच्च स्तरको उक्त धातुको मुल्य ६७५,००० डलर रहेको छ ।

उक्त धातुको आकार क्रिकेटबल जत्रै छ भने विभिन्न रङहरुले चम्किरहन्छ । यसको आकार, रङ र गुणस्तरको कारण सो धातु एकदमै फरक देखिन्छ । जति टुक्रा गरेपनि उत्तिकै चम्किलो देखिने यसलाई संग्राहलयमा राखिएपछि सुरक्षित रहने म्युजियमका संस्थापक बताउछन् ।

साउथ अष्ट्रेलियन म्युजियमले यो चमकदार धातु संग्राहलयमा राखिनुभन्दा पहिला फेब्रुवरी २८ सम्म प्रदर्शनीमा राख्ने छ ।

यो एकदमै आकर्षक भएतापनि निकै दुर्लभ मानिन्छ । यो धातुसंगै ‘भर्जिन रेनवो’ नामक बहुमुल्य धातु पनि सोही म्युजियममा राखिएको छ, जसको मुल्य ७५०,००० डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij