२०८३ साउन १० आइतबार

नवलपरासीको गैडाकोटमा खुल्यो अत्याधुनिक सुविधासम्पन्न “रेड हाउस जंगल रिसोर्ट”

ई आर्थिक    आइतबार, माघ २३ २०७३
6.8K
Shares
नवलपरासीको गैडाकोटमा खुल्यो अत्याधुनिक सुविधासम्पन्न “रेड हाउस जंगल रिसोर्ट”

२३ माघ, काठमाडौं । काठमाडौं, पोखरा र लुम्बिनीको केन्द्रविन्दुमा पर्ने नवलपरासीको गैडाकोट १७ अमरापुरीमा अत्याधुनिक सुविधासम्पन्न रेड हाउस जंगल रिसोर्ट सञ्चालनमा आएको छ ।

६ विगाह क्षेत्रफलमा फैलिएको यो रिसोर्टको शनिबार एक विशेष समारोहबीच औपचारिक उद्घाटन गरिएको छ । नवलपरासी मध्यवर्ती क्षेत्रमा रहेको प्राकृतिक, धार्मिक एवं साँस्कृतिक सम्भावनाहरुको उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रिसोर्ट स्थापना गरिएको रिसोर्टका अध्यक्ष हेमु पाण्डेले जानकारी दिनुभयो ।

redhouse11

रिसोर्टको औपचारिक उद्घाटन गर्दै राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का केन्द्रीय अध्यक्ष शिव अधिकारीले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनको लागि यो रिसोर्टले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सरकारले पर्यटन क्षेत्रलाई पनि अर्थतन्त्रको मुख्य खम्बाको रुपमा राखेपनि उपयुक्त बजेट विनियोजन गर्न नसक्दा सोचेअनुसारको पर्यटन प्रवद्र्धन र विकास हुन नसकेको बताउनुभयो ।

redhouse41

गैडाकोट नगरपालिकाका कार्यकारी प्रमुख श्रीकृष्ण नेपालले पर्यटन विकासको लागि यो रिसोर्ट एउटा नयाँ आयम रहेको बताउनुभयो ।कार्यक्रममा चर्चित हास्य कलाकार दमन रुपाखेती र राई बुढोले आफ्नो प्रस्तुतिमार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए भने कलाकार मनिषा श्रेष्ठले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाए ।

कार्यक्रममा विभिन्न संघसंस्था, सरोकारवाला निकायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।रिसोर्टका जनरल म्यानेजर प्रताप शर्माकाअनुसार यहाँ चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा जंगल भ्रमण, हात्ति सफारी, नारायनी नदीमा क्यानो ट्रिप, बर्ड वाचिङ, थारु गाउँ टुर, स्थानीय सांस्कृतिक नाँच, जिप सफारी, हात्ति बाथिङलगायतका सेवा सुविधा उपलब्ध छन् ।

red-house6

यस रिसोर्टमा १४ वटा कटेज र १७ वटा डिलक्स रुमहरु रहका छन् । चौविसै घण्टा एसीको व्यवस्था रहेको छ । चौविसै घण्टा हट एण्ट कोल्ड सावर, फ्रि वाईफाई, सुविधासम्पन्न पार्किङ, बार वि क्यू सर्भिस, लण्ड्रि सर्भिस, फ्रि ट्राभल इन्फर्मेशन, १२० जना अटाउन सक्ने क्षमताको डाइनिङ हल रहेको छ ।

त्यस्तै फुल्ली स्टक बार, एयरपोर्टदेखि रिसोर्ट र रिसोर्टदेखि एयरपोर्टसम्म पीकअप ड्रप ट्रान्सपोर्टको व्यवस्था रहेको छ । जंगल सफारी तथा गाउँ भ्रमणको लागि दक्ष अनि अनुभवी गाइड, बोटिङ, रिसोर्टले सञ्चालन गरेको भ्यू टावरबाट प्राकृतिक दृश्यावलोकन गराउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij