२०८३ साउन १० आइतबार

भारतीय राष्ट्रपतिको कार्यालयमा आगलागी

ई आर्थिक    शुक्रबार, माघ २१ २०७३
3.7K
Shares
भारतीय राष्ट्रपतिको कार्यालयमा आगलागी

२१ माघ, नयाँदिल्ली । भारतको राजधानीमा रहेको राष्ट्रपति भवनमा शुक्रबार आगलागी भएको छ ।

सरकारी उच्च अधिकारीहरुले आगलागीबाट कुनै मानवीय क्षति भने नभएको स्पष्ट पारेका छन् ।

स्थानीय समयअनुसार बिहान ८:४० मा लेखा शाखाबाट आगलागी सुरु भएको थियो । आगलागीमा परी टेबल, कुर्सीसहित केही फर्निचर जलेको उनीहरुले जानकारी दिएका छन् ।

विद्युत् आपूर्तिमा भएको गडबडीका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान रहेको छ ।

बेलायतले भारतमा शासन गरेको बेला बनाइएको सो भवनमा ३०० कोठा रहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij