२० माघ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबारलाई अनलाइन प्रणालीमा आधारित बनाउँने प्रक्रिया शुरु भएको बताएको छ ।
नेप्सेले अनलाइन ट्रेडिङ प्रणाली निर्माणको लागि योको प्राइभेट लिमिटेडलाई छनौंट गरिसकेको छ । यस कम्पनीले १४ महिनाभित्र यो प्रणाली निर्माण र जडान गर्ने अवधि पाएको बताईएको छ ।

यसअघि कम्पनी छनौटको विषयमा धितोपत्र बोर्ड र नेप्सेबीच जुहारी चलेपछि अदालतसम्म मुद्धा परेको थियो । नेप्सेले जारी गरेको प्रेस विज्ञप्तिमा भने हालसम्म यस काममा भएको प्रगति बारे जानकारी दिएको छ । नेप्सेले बुधवारबाट १४ महिनाको अवधि शुरु भएको आशयमा सुचना जारी गरेको देखिएको छ ।
यो प्रणाली आएमा लगानीकर्ताहरुले ब्रोकरबाट लग इन लिएर मोबाइल वा ल्यापटप, कम्प्युटरजस्ता साधनको प्रयोग गरेर सेयर किनबेच आदेश दिन सक्छन् । यस्तो कारोबारको लागि ब्रोकरहरुसँग सदस्यता लिनुपर्ने हुनसक्छ र कारोबार ब्रोकरकै रहोवर वा निगरानीमा हुनसक्छ ।