१९ माघ, काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी एप्पलले पछिल्लो तीन महिनामा कीर्तिमानी आम्दानी गरेको छ ।
सन् २०१६ को अन्तिम तिर एप्पलले बजारमा ल्याएको आईफोन सेभेनका कारण बिक्रिमा आएको वृद्धिले कमाई पनि बढाएको हो भने अर्को तिर सामसुङ्ग कम्पनिको फोनमा आएको समस्याका कारणले पनि एप्पलको व्यापार बढाएको बजार विश्लेषकहरु बताउछन् ।
एप्पलले ७८ दशमलव ४ अर्ब अमेरिकी डलर बराबरको स्मार्ट मोवाइल बिक्रि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो पछिल्लो तिन महिनामा कम्पनिको इतिहासमा नै सबैभन्दा बढी फोन बिक्रि गरेको कार्यकारी प्रमुख टिम कुकले बताउनुभएको छ । जसका कारण कम्पनिको शेयरमा समेत ३ प्रतिशतको वृद्धि भएको छ ।
यसले सन् २०१६ को पहिलो ९ महिना बिक्रिमा आएको सुस्तताका कारण संकटमा परेको एप्पलको बजार पुन उकासिएको हो ।