२०८३ भाद्र २७ शनिबार

बाबुरामको नयाँ शक्ति नेपालको चुनाव चिन्ह “आँखा”

ई आर्थिक    बिहिबार, माघ ६ २०७३
10.6K
Shares
बाबुरामको नयाँ शक्ति नेपालको चुनाव चिन्ह “आँखा”

६ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको दल नयाँ शक्ति नेपालले चुनाव चिन्ह आँखा बनाउने भएको छ । यसअघि निर्वाचन आयोगमा दर्ता गराएको चुनाव चिन्ह तारामा विवाद भएपछि परिवर्तन गर्न लागिएको हो।

तारा चिन्ह अर्कै दलका नाममा दर्ता भएका कारण समस्यामा परेको सो पार्टीले यसबीचमा चुनाव चिन्हलाई लिएर आन्तरिक बहस चलाएको थियो । बहसबाट आँखा चिन्ह बनाउनेमा सहमति जुटेपछि आज पार्टीको राजनीतिक समितिको बैठक बसेर औपचारिक निर्णय गर्न लागेको पार्टीका प्रचार बिभाग प्रमुख खिमलाल देवकोटाले जानकारी दिनुभयो । निर्णय लगत्तै नयाँ शक्तिले नयाँ चिन्ह दर्ता गरिदिन निर्वाचन आयोगमा निवेदन दिने उहाँले जानकारी दिनुभयो ।

अहिलेको दलबाट आर्थिक समृद्धि सम्भव नभएको दाबी गर्दै भट्टराईले २०७२ असोज ९ गते पार्टी परित्याग गरि नयाँ शक्तिको अभियान चलाएका थिए भने २०७३ जेठ ३० मा पार्टीको औपचारिक रुपमा घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij