२०८३ साउन ९ शनिबार

स्वास्थ्य मन्त्रालयले माग्यो ६५८ कर्मचारी, २५ जिल्लामा अवसरै अवसर

ई आर्थिक    बुधबार, माघ ५ २०७३
4.7K
Shares
स्वास्थ्य मन्त्रालयले माग्यो ६५८ कर्मचारी, २५ जिल्लामा अवसरै अवसर

xaa23978f73fb90cab111f631508d8850,P20-,P20Copy.jpg_pagespeed_ic_B3-VuT_hWo५ माघ, काठमाडौं। स्वास्थ्य मन्त्रालयले २५ जिल्लामा करार सेवामा ६५८ कर्मचारी पदपूर्ति माग गरेको छ। स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अनमी, अहेब, ल्याब टेक्निसियन लगायतमा कर्मचारी माग गरेको हो।

सबैभन्दा बढी माग स्टाफ नर्समा रहेको छ। स्थायी पदपूर्ति भएपछि स्वतः करार बदर हुने गरी मन्त्रालयले पदपूर्ति सूचना प्रकाशित गरेको हो। तोकिएको न्युनतम शैक्षिक योग्यता पुगेका नागरिकले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय र निर्देशनालयले तोकेका स्थानमा फाराम बुझाउन सक्नेछन्।

सहायक पाँचौ तहका लागि दरखास्त शुल्क १५० र चौथोका लागि १०० रुपैयाँ लाग्नेछ। सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij