२०८३ साउन ९ शनिबार

अमेरिकका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

ई आर्थिक    बुधबार, माघ ५ २०७३
4.1K
Shares
अमेरिकका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

५ माघ, वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना हुनुभएको छ । ९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन् ।
उहाँको स्वास्थ्य अवस्थास्थिर रहेको र सुधार भइरहेको अस्पतालका प्रमुख जेन बेकरले जानकारी दिनुभयो ।
उहाँलाई अहिले अस्पताल भर्ना गर्नुको कारणका बारेमा केही बताइएको छैन । पूर्वराष्ट्रपति बुसलाई यसअघि पनि पटकपटक भर्ना गरिएको थियो ।

जीवित चार जना पूर्वराष्ट्रपतिमध्ये उहाँ सबैभन्दा बढी उमेरको हुनुहुन्छ । उहाँ सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति बन्नुभएको थियो । उहाँका छोरा जर्ज डब्लु.बुसले पनि सन् २००१ देखि २००९ सम्म राष्ट्रपतिको जिम्मेबारी सम्हाल्नुभएको थियो । एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij