२०८३ साउन ९ शनिबार

छ दिनमै रामपुर महोत्सवमा पाँच करोडको कारोबार

ई आर्थिक    मंगलबार, माघ ४ २०७३
6.7K
Shares
छ दिनमै रामपुर महोत्सवमा पाँच करोडको कारोबार

४ माघ, रामपुर (पाल्पा) । पाल्पाको रामपुरमा भएको प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा पाँच करोड ६५ लाख रुपैया बराबरको कारोबार भएको छ ।

गत पुस २७ गतेदेखि सञ्चालन भएको मेलाको छैटौँ दिन सोमबारसम्म एक लाख दर्शकले मेला अवलोकन गरेका छन् । मेलामा अहिलेसम्म व्यापारिक कक्षबाट पाँच करोड २५ लाख, बाल उद्यान र होटेल तथा रेष्टुरेन्टबाट २०/२० लाख रुपैया बराबरको आम्दानी भएको प्रचारप्रसार उपसमितिका सहसंयोजक छवि खनालले जानकारीदिनुभयो ।

मेला अवधिभर १० करोड रुपैया बराबरको कारोबार तथा दुई लाख दर्शक भित्र्याउने लक्ष्य लिएको मूल आयोजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताउनुभयो । मेलामा २०० व्यापारिक कक्ष, २६ वटा होटल तथा रेष्टुरेन्ट, चारवटा अटोमोबाइल्स र एउटा फोटो प्रदर्शनी रहेको छ ।

सोमबारबाट प्यारामोटर र हेलिकप्टर उडान सेवा सुरु गरिएपछि दर्शकको आकर्षण बढेको छ । मेलामा अस्ट्रिज चरा, उँट, रोटेपिङ, चर्खेपिङ, झुला, मौतका कुवा, फुच्चे रेल, ड्रागन रेल, फोटो र भिडियो प्रदर्शनी रहेको छ । दिनहुँ राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति, स्थानीय कला संस्कृतिले मेलाको रौनकता बढाएको छ । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको मेला यही माघ ८ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij