२०८३ साउन ९ शनिबार

राष्ट्रपतिकी कान्छी छोरीको विवाह सम्पन्न

ई आर्थिक    सोमबार, माघ ३ २०७३
5.3K
Shares
राष्ट्रपतिकी कान्छी छोरीको विवाह सम्पन्न

 

३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा. निशाकुसुम भण्डारीको शुभ विवाह आज सम्पन्न भएको छ । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका भतिजा इन्जिनियर अभिषेक यादवसँग उहाँको विवाह भएको हो।

राष्ट्रपति निवास शीतल निवासमा इन्जिनियर अभिषेक यादवलाई भण्डारीले बिहान १० बजे स्वयम्वरको माला लगाइदिनुभयो । विवाह समारोहका लागि दुलहा आफ्ना पिता इन्जिनियर मुनीलाल, माता सांसद किरण यादवलगायत आफन्तका साथ शीतल निवास आउनुभएको थियो ।

विवाह समारोहमा शुभकामना एवम् आशीर्वाद दिन परिवारजन, आफन्तजन तथा आमन्त्रित महानुभावको समेत बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij