२०८३ साउन १० आइतबार

१० औ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकद्धारा विभिन्न कार्यक्रमको आयोजना

ई आर्थिक    मंगलबार, पौस २६ २०७३
6.8K
Shares
१० औ वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकद्धारा विभिन्न कार्यक्रमको आयोजना

ग्लोबल आइएमई बैंकले दशौैँ बर्ष पूरा गरि एघारौैँ बर्षमा प्रबेश गरेको अवसरमा बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि बिभिन्न कार्यक्रमको अयोजना गरेको छ । दशौँ बार्षिकोत्सवको अवसरमा बैंकले पौष २३ गते राजधानीमा वित्तिय साक्षरता जगाउने उद्धेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । “बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीरहस्पिटल, जमल हुँदै पुन कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।
त्यसैगरी बैंकले १० औ वार्षिकोत्सवको अवसरमा स्थापनाकाल देखि बैंकमा कार्यरत आफ्ना कर्मचारीहरुलाई सम्मान गरेको छ । मिति २०७३÷०९÷२३ गते राजधानीमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष  चन्द्र पसाद ढकाल ज्यूले स्थापनाकाल देखि बैंकमा कार्यरत ३२ जना कर्मचारीहरुलाई सम्मान गर्नुभएको हो ।
दशौँ बार्षिकोत्सव कै अवसरमा बैंकले मिति २०७३÷०९÷२२ गते वर्न भिक्टिम्स सर्भाइभर्स, नेपालमा आबद्ध आगालागि तथा अति प्रजवल्नशिल पदार्थबाट जलेर पीडित बनेका बच्चाबच्चीहरुलाई ज्याकेट तथा खाद्यन्न वितरण गरेको छ भने वार्षिकोत्सव कै अवसरमा मिति २०७३÷०९÷२१ गते काठमाण्डौँको शान्तिनगरमा रहेको निःसहाय सेवा सदनमा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउनुका साथै कम्बल वितरण गरेको थियो । यस्तै पौष १८ गते सोमवार रक्तदान र निःशुल्क मधुमेह परिक्षण कार्यक्रमको पनि आयोजना गरिएकोे थियो । “रक्तदान नै जीवन दान” भन्ने मूल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुकोहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशक नबित्दै ग्लोबल आइएमई बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ । ९१ शाखा, १०३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij