२०८३ साउन १२ मंगलबार

३३ किलो सुन काण्डमा साेभराजकाे भनाई पुष्टि,भन्सारका २९ जना कर्मचारी जिम्मेवारविहिन, कारवाहीको संभावित सूची तयार

ई आर्थिक    शनिबार, पौस २३ २०७३
10.3K
Shares
३३ किलो सुन काण्डमा साेभराजकाे भनाई पुष्टि,भन्सारका २९ जना कर्मचारी जिम्मेवारविहिन, कारवाहीको संभावित सूची तयार

‘मैले चाँहे भने नेपालको एयरपोर्टबाट सुनको हात्ति छिराइदिन्छु’ लामो समय नेपालको जेलमा जीवन विताईरहेका कुख्यात फ्रान्सेली अपराधी चाल्र्स सोभराजले भनेको यो भनाई यतिवेला मेल खाएको छ । एयरपोर्टबाट बाहिरिदै गरेको सीआईबीको टोलिले बरामत गरेको ३३ किलो अबैध सुनको घटना हेर्दा यो कुराको पुष्टि हुन्छ । एयरपोर्टको सम्पूर्ण प्रक्रिया पार भएर भाडाको ट्याक्सीमा लैजादै गर्दा काठमाडौंको पिंगलास्थानबाट उक्त सुन पक्राउ गरिएको थियो ।
सानो–सानो तौलको समेत महत्व हुने ३३ किलो सुन चानचुन भने होइन । साच्चै भन्ने हो भने सोभराजले भने झै ३३ किलो सुनलाई हात्ति बनायो भने एउटा रामै्र हात्ति नै बन्न सक्छ । पैसा र पहुँच भए नेपालको एयरपोर्टबाट चाहाँदा जे धन्दा पनि सजिलै गर्न सकिन्छ भन्ने भनाईहरु धमाधम पुष्टि भइरहेका छन् । एयरपोर्टबाट गर्न सकिने र हुन सक्ने अबैध धन्दालाई जोडेर सोभराजले यस्तो भनाई राखेका थिए । यी र यस्ता घटनाले एयरपोर्टबाट चल्दै आएको अबैध धन्दा विगत लामो समयदेखि अहिलेसम्म पनि जारी रहेको छ । नेपालको त्रिभुवन विमानास्थलबाट आर्थिक प्रलोभनमा यस्ता घटना सजिलै गराउन सकिन्छ भन्ने कुरा अहिले र विगतमा भएका घटनाक्रमहरुले पुष्टि गरिरहेको छ ।
एयरपोर्टमा यस्ता सेटिङ्ग चलिरहन्छ । सेटिङ्गमा कहिले काँही तालमेल नमिल्दा यस्ता घटना बाहिर आउने गर्दछ । २९ बर्ष अघि चन्द्रबहादुर बुढा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे २२ किलो सुनसहित पक्राउ परेका थिए । उनी सुर्खेतबाट निर्वाचित राष्ट्रिय पञ्चायतका सदस्य थिए । त्यस्तै २०४४ सालमा तत्कालिन अधिराजकुमार धिरेन्द्रका अंगरक्षक कर्णेल भरत गुरुङ्ग र अवकासप्राप्त प्रहरी महानिरिक्षक डिबी लामा सुन तस्करी अभियोगमा परेका थिए । त्यसैगरी २०५४ साल मंसिर २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोरियन नागरिक जो कुन ह्वा र युन सोङ्ग अबैध १०० किलो सुन सहित पक्राउ परेका थिए । सेटिङ्गमा तालमेल नमिल्दा र भाग नपाउँदा यस्ता घटनाहरु बाहिर आउने गर्दछ । यसरी सेटिङ्ग विग्रिएर आएको यी केही प्रतिनिधि घटना मात्रै हुन । सेटिङ्गबाट धेरै यस्ता अबैध काम फत्ते भएको सहजै अनुमान लगाउन सकिन्छ ।
छानविन समिति गठन
अबैध रुपमा भन्सार छलेर भित्र्याइएको ३३ किलो सुन बाहिरिएको घटनाको सम्बन्धमा भन्सार विभागले छानविन समिति गठन गरेको छ । भन्सार विभागका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ । उक्त समितिको सदस्यमा कुलराज ज्ञवाली, टंक पाण्डे, पुण्यविक्रम खड्का, श्रीलाल पौडेल सदस्य रहेका छन् । कर्मचारीहरुको मिलेमतो, लापर्बाही वा कमजोरी के कारणले सुन छुट्यो भन्ने छानबिन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई जिम्मा दिइएको छ ।

को–को पर्दैछन् कारवाहीमा ?
दुबईबाट ल्याइएको सुनसँगै बाँकेका गोपालबहादुर शाही मोरङका दिनबन्धु थापा र धनुषाका सन्तोष काफ्लेलाई पक्राउ गरी अहिले पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । यस्तो सुन ल्याउने एउटा हुन्छ । अरुले ल्याइदिने गर्दछ र यस्तो धन्दामा सबैको मिलेमतो विना संभव हुदैन । तर कारवाहीमा सुन ल्याउने र ल्याइदिने पर्दछन् । धन्दामा संलग्न मूख्य व्यक्ति जहिले पनि कारवाहीबाट बचिरहेका हुन्छन् । यसरी अबैध काम फत्ते गर्ने कार्यमा एयरलाइन्सका कर्मचारी, भन्सारका कर्मचारी, प्रहरी, एयरपोर्टका कर्मचारी र सीआईबी समेतको मिलेमतो हुन्छ । ती मध्ये कारवाहीको सूचीमा को–को पर्ने हुन प्रतिक्षाको विषय भएको छ । समाचार स्रोतका अनुसार कारवाहीलाई केही सहज बनाउन समेत प्रयासहरु भइरहेका छन् । यसका लागि सेटिङ्ग र चलखेल भइरहेको समेत स्रोतले दाबी गरेको छ । पछिल्लो सेटिङ्गमा राजनीतिक दलका नेताहरु समेत लागि परेको स्रोतले जानकारी दिएको छ । भन्सार विभागले सुन छुटेको अवधिमा कार्यरत उपसचिबदेखि कार्यालय सहयोगीसम्मका २९ कर्मचारीलाई जिम्मेवारविहीन बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij