२०८३ भाद्र २७ शनिबार

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नेविरुद्ध मुद्दा दायर

ई आर्थिक    बुधबार, पौस २० २०७३
11.6K
Shares
सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नेविरुद्ध मुद्दा दायर

काठमाडौँ, १९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा तत्कालीन जिल्ला मालपोत कार्यालयका प्रमुख सुरेशकुमार थपलियासहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार धनकुटा डाँडाबजार–१ मा रहेको कित्ता नं २०० र कित्ता नं २१२ को सार्वजनिक जग्गा मालपोत कार्यालयका कर्मचारीको समेत मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरिएको पाइएकाले आज मुद्दा दर्ता गरिएको हो ।

आयोगले तत्कालीन जिल्ला मालपोत कार्यालयका प्रमुख थपलिया, तत्कालीन नापी अधिकृत अभयकृष्ण जोशी, शाखा अधिकृत टङ्कप्रसाद दुवाडी, तत्कालीन गाविस अध्यक्ष प्रेमसिंह लिम्बू, स्थानीय लालप्रसाद लिम्बूलाई जनही रु तीन लाख ८७ हजार ३२८ बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij