२०८३ साउन ११ सोमबार

विकास निर्माणमा राजनीति गर्न नहुने

ई आर्थिक    मंगलबार, माघ १८ २०७३
5.3K
Shares
विकास निर्माणमा राजनीति गर्न नहुने

१८ माघ, इलाम । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले इलाम क्षेत्र नं १ अन्तर्गत कोल्बुङमा निर्माण भइरहेको विकास निर्माणका गतिविधिको आज स्थलगत अनुगमन गर्नुभएको छ ।

सांसद विकास कोषअन्तर्गत सञ्चालन भइरहेका विद्युतीकरण, विद्यालय निर्माण, सडकलगायत पूर्वाधारको अनुगमन गरिएको हो । अनुगमनपछि पूर्वप्रधानमन्त्री खनालले कुनै पनि विकास निर्माणमा राजनीति गर्न नहुने बताउँदै विकासका गतिविधि पारदर्शी रूपले सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन क्षेत्र नं १ का सांसद खनालका तर्फबाट करिब रु तीन करोड भन्दा बढीका योजना सञ्चालन भएका छन् । विकासका योजना समयमै सम्पन्न गर्न पनि उहाँले सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij