२०८३ साउन ९ शनिबार

अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको निर्णय गैरकानुनी : राष्ट्रसङ्घ

ई आर्थिक    मंगलबार, माघ १८ २०७३
3.6K
Shares
अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको निर्णय गैरकानुनी : राष्ट्रसङ्घ

१७ माघ, जेनेभा (स्वीट्जरल्यान्ड) । संयुक्त राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद विन राद जैयद अल हुसैनले अमेरिकी राष्ट्रपतिद्वारा अमेरिका भ्रमणमा खासगरी इस्लामिक मुलुकका विदेशीलाई लक्षित गरी लगाइएको प्रतिबन्ध गैरकानुनी भएको बताउनुभएको छ ।

ट्वीटरमार्फत कमैमात्र प्रतिक्रिया दिनु हुने मानव अधिकारवादी नेता जैयदले ट्रम्पको कदमलाई ‘गैरकानुनी र तुच्छ’ मानसिकताको संज्ञा दिनुभएको छ ।

राष्ट्रियताका आधारमा मात्रै कसैमाथि भ्रमण गर्न नपाउनेगरी प्रतिबन्ध लगाइनु मानवअधिकार कानुनको उल्लङ्घन हो भन्दै जैयदले ट्रम्पको निर्णय उक्त कानुनको बर्खिलाप भएको दाबी गर्नुभएको छ ।

जैयदले सन्देशमा ट्रम्पबाट आएको उक्त निर्णयले वास्तविक रुपमा आतङ्कवादविरुद्धको अभियानलाई प्रभावित पार्ने बताउनुभएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपतिद्वारा इस्लामिक राष्ट्रहरु इराक, इरान, सिरिया, सुडान, सोमालिया, लिबिया र यमनका नागरिकलाई ९० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने निर्णयको इराकी संसदमा व्यापक विरोध भएको छ ।

इराकी संसदले ट्रम्पद्वारा इस्लामिक राष्ट्रमाथि लगाएको प्रतिबन्धको प्रतिक्रिया स्वरुप अमेरिकी नागरिकलाई पनि इराक प्रवेशमा रोक लगाउने पक्षमा मतदान गरेको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij