२०८३ भाद्र २७ शनिबार

के गर्ने ३१ दरबार ?

ई आर्थिक    मंगलबार, माघ १८ २०७३
6.5K
Shares
के गर्ने ३१ दरबार ?

१८ माघ, काठमाडौं । भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका काठमाडौं र ललितपुरका ३१ वटा राणाकालीन दरबार पुरानै शैलीमा निर्माण गर्ने विषयमा सरकारले कुनै चासो देखाएको छैन । केही दरबार भत्काउने तयारी भइरहेको छ भने केहीको पुनर्निर्माण गर्ने तयारी गरिएको छ ।

पुरातत्व विभागले अधिकांश दरबारको संरचना जस्ताको तस्तै हुने गरी बनाउने जनाए तापनि शहरी विकास तथा भवन निर्माण विभागले भत्काएर नयाँ बनाउने इस्टिमेट गर्दै आएको छ ।

विभागका महानिर्देशक भेषनारायण दाहालले केही दरबार पुरानै अवस्थामा पुनर्निर्माण गर्ने र केहिलार्इ भत्काएर स्वरुपमा परिवर्तन नहुने गरी तयार गर्ने तयारी भइरहेको बताए । उनले भूकम्पको अति जोखिम रहेको उपत्यकाका सबै राणाकालीन दरबार सबै पुरानै सवरुपमा बनाउन सक्ने अवस्था नभएको स्पष्ट पारे ।

तर पुरातत्वविद्हरुले नेपालको सम्पदाका रुपमा रहेका राणाकालीन दरबारलाई संरक्षण गर्नुपर्ने बताएका छन् ।

‘अहिले मैले सुनेको छ । केशर महल, सिंहमहल, ललिता भवन, बहादुर भवन, हरिहर भवन, श्री महललगायत दर्जानौं राणाकालिन दरबार भत्काएर आधुनिक बनाउने रे ?’ संस्कृति एवं पुरातत्वविद् मुकुन्दराज अर्यालले भने, ‘सरकारको कस्तो तरिका नेपालको इतिहास मेटाएर भबन बनाउने ?’

‘राणाकालीन दरबार ५ घण्टामा भत्काउन सकिन्छ तर कहिल्यै बनाउन सकिँदैन । यस्तो गलत काम सरकारले कहिल्यै गर्नुहुदैन । इतिहासलाई अनन्तकालसम्म जोगाएर राख्नुपर्छ,’ अर्यालले भने । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij