२०८३ साउन ९ शनिबार

औषधि व्यवसायीलाई लाग्यो चुनाव

ई आर्थिक    शनिबार, माघ १५ २०७३
4.8K
Shares
औषधि व्यवसायीलाई लाग्यो चुनाव

विर्तामोड, १५ माघ । नेपाल औषधि व्यवसायी सङ्घ मेची अञ्चलको आसन्न अधिवेशनसँगै यहाँ चुनावी सरगर्मी बढेको छ ।

फागुन ७ गते झापाको दमकमा सङ्घको ११ आँैं अधिवेशन हुने निश्चित भएपछि औषधि व्यवसायीबीच चुनावी चर्चा सुरु भएको हो ।

चुनावी चर्चासँगै व्यवसायीले आ–आफ्नो तरिकाबाट उम्मेदवारी घोषणा गर्न थालेका छन् । विर्तामोडका औषधि व्यवसायी नरेन्द्रप्रसाद बरालले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले औषधि व्यवसायीको हकहितका लागि आफू्ले उम्मेद्वारी दिन लागेको बताउनुभयो । बराल विर्तामोडका ओसिएन फर्माका सञ्चालक हुनुहुन्छ ।

सङ्घको अधिवेशनले १७ सदस्यीय नयाँ अञ्चल समिति चयन गर्नेछ । नयाँ समितिको कार्यकाल तीन वर्षको हुनेछ । मेची अञ्चलभर चारसय ५० औषधि व्यवसायी रहेका छन् । त्यसमध्ये चारसय २२ जना सङ्घमा आवद्ध रहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij