२०८३ साउन ९ शनिबार

सिमभञ्ज्याङमा ६ इन्च बाक्लो हिउँ

ई आर्थिक    शनिबार, माघ १५ २०७३
4.1K
Shares
सिमभञ्ज्याङमा ६ इन्च बाक्लो हिउँ

हेटौँडा, १५ माघ । त्रिभुवन राजपथको सिमभञ्ज्याङ, अघोर र दामनमा आज बिहान ४ बजे परेको हिउपातले हेटौँडा–काठमाडौंबीचको यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

करिब ६ इन्च बाक्लो हिउँ पर्नाले यहाँको जनजीवन कष्टकर भएको स्थानीय सञ्चारकर्मी सुरेन्द्र प्रधानले बताउनुभएको छ ।

काठमाडौं र हेटौँडाबाट गइरहेका सयौँ सवारीसाधन सिमभञ्ज्याङ र अघोरमा रोकिएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

अहिले क्षेत्रीय सडक डिभिजन कार्यालयको तर्फबाट सडक खुलाउन डोजर परिचालन गरिसकेको मकवानपुरका प्रजिअ नारायण शर्माले राससलाई जानकारी दिनुभयो । सिमभञ्ज्याङमा हिउँ परेपछि हेटौँडाबाट हिउँको दृश्य हेर्न सर्वसाधारणको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij