२०८३ साउन ९ शनिबार

धनगढी उडेको राष्ट्रपति सवार हेलिकप्टर दाङमा अवतरण

ई आर्थिक    शुक्रबार, माघ १४ २०७३
5.2K
Shares
धनगढी उडेको राष्ट्रपति सवार हेलिकप्टर दाङमा अवतरण

१४ माघ, काठमाडौँ । कैलालीको धनगढीमा हुने कार्यक्रमका लागि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको राष्ट्रपति विद्यादेवी भण्डारी सवार नेपाली सेनाको हेलिकप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा अवतरण भएको छ ।

राष्ट्रपति भण्डारी अहिले दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पमा प्रतीक्षारत हुनुहुन्छ ।

मौसम अनुकूल भएलगत्तै उहाँ धनगढी प्रस्थान गर्नुहुने राष्ट्रपति कार्यालयका सूचना अधिकारी प्रह्लादप्रसाद पुडासैनीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij