२०८३ भाद्र २७ शनिबार

दुबईमा सुरक्षागार्डको तलब बढ्यो, नेपालीहरु दाङ्ग

ई आर्थिक    शुक्रबार, माघ १४ २०७३
9.4K
Shares
दुबईमा सुरक्षागार्डको तलब बढ्यो, नेपालीहरु दाङ्ग

१३ माघ, काठमाडौँ । दुबईमा सेक्युरिटी गार्डको तलब बढेको छ जसको लाभ नेपालीहरुले पनि लिन पाउनेछन् ।

तिनै नेपालीहरु मध्य सुमन खड्का पनि एक हुन। दुबईको एक कम्पनीमा सेक्युरिटी गार्डको काममा गएका उनी अहिले दाङ्ग छन। दाङ्ग पनि किन नहुन उनी दुबई गएको तीन महिना पनि पुरा नपुग्दै उनको तलब बढेको छ ।

नयाँ कानुन अनुसार सम्पूर्ण सेक्युरिटी गार्डको तलब बढ्नुको साथै राम्रो तालिमसमेत पाउने भएका हुन् । ‘सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी अथोरिटी’ (सिरा)का अनुसार सुरक्षा गार्डहरुको मासिक न्यूनतम तलब हाल १४४० दिराम बाट बृद्धि भई १९२० दिराम पुगेको छ । साथै कम्पनीहरुले सुरक्षा गार्डलाई राम्रो फिटनेश तालिम दिनु पर्नेछ ।

“सेक्युरिटी गार्डको तलब बढेपछी मजस्ता थुप्रै नेपालीहरु यसप्रती लाभान्वित भएका छन। म धेरै खुशी छु । ” सुमनले भने।

दुबईमा मंगलबार आयोजित सुरक्षा सम्मेलनमा सिराका कार्यकारी निर्देशक खालिफा अल सेलिजले कमजोर तलबमानले कालान्तरमा सुरक्षा सेवाको गुणस्तर कमजोर बनाउने भएकाले समयमै तलवमान बढाउने निर्णय गर्नुपरेको बताएका थिए ।

२००५ देखि ००८ सम्म सुरक्षा गार्डलाई ८०० दिराम दिइन्थ्यो । २००८ को संघीय कानुनले न्यूनतम तलब बढायो । तर, आर्थिक संकटका कारण दुबईमा न्यूनतम तलवमान समयमै लागू हुन सकेन । आर्थिक संकटबाट तंग्रिएपछि झण्डै ४० हजार सुरक्षागार्डको तलव बढाएर १४४० पुर्‍याइएको थियो ।

सिराका कार्यकारी निर्देशक सेलिजले नयाँ तलबमान लागू गर्ने समयसीमा यो महिनाको अन्त्यसम्म तोकिएको बताए । सन् २०२० अघि नै दुबर्इको सुरक्षा मापदण्डलाई नयाँ उचाईमा पुर्‍याउन सुरक्षा पुर्वाधारहरु पनि अपग्रेड गर्ने कार्य भइरहेको द नेशनल पत्रिकाले जनाएको छ ।

 

कम्पनीले बढाएको तलब:

suman

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij