२०८३ भाद्र २७ शनिबार

विश्वभरका महिलाकालागी प्रेरणा बनिन् मीरा राई: जितिन् ‘एड्भेन्चर अफ द इयर २०१७’

ई आर्थिक    शुक्रबार, माघ १४ २०७३
7.1K
Shares
विश्वभरका महिलाकालागी प्रेरणा बनिन् मीरा राई: जितिन् ‘एड्भेन्चर अफ द इयर २०१७’

१३ माघ, काठमाडौँ । नेपाली अल्ट्रा म्याराथन धावक मीरा राई विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएकी छिन् ।

प्रतिष्ठित टेलिभिजन च्यानल नेसनल जोग्राफीले आयोजना गरेको विश्वभरका साहसीक व्यक्तिहरु मध्य राईलाई ‘एड्भेन्चर अफ द इयर २०१७’ घोषणा गरेको हो । उक्त प्रतियोगितामा विश्वभरका १० जनालाई पछि पार्दै धावक राई साहसी व्यक्ति हुन सफल हुनुभएको हो ।

विश्वप्रसिद्ध टेलिभिजनले अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा काम गर्ने उत्कृष्ट व्यक्तिमध्येबाट यस्तो प्रतिस्पर्धा गराउँदै आएको छ । नेसनल जोग्राफीको वेभसाइटमा प्राप्त भोटका आधारमा उहाँलाई छनोट गरिएको थियो ।

mira 3

‘मिरा राई कुनै समय चामलको बोरा बोकेर नेपालको पहाडतिर हिडिरहेकी हुन्थिन’ नेशनल जोग्राफीले भनेको छ ‘तर उनी एकपछी अर्को प्रतिष्ठित अन्तरराष्ट्रिय पुरस्कार जित्दै विश्वभरका महिलाकालागी आज प्रेरणाको श्रोत बनेकी छिन । ‘

भोजपुरमा जन्मनुभएका २९ वर्षीय राई निरन्तर अल्ट्रा धावकका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागी हुँदै आउनुभएको छ । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा होमिनुभएकी राई शान्ति सम्झौतापछि वैदेशिक रोजगारीमा जानुभएको थियो ।

Mira-Rai-5

यसअघी उहाले गएको बर्ष फ्रान्समा भएको ८० किलोमिटरको विश्व मोन्ट व्लक म्याराथन र हङकङमा भएको आईल्याण्ड ट्रेल रेस पनि जितिसक्नु भएको छ । सन २०१३ मा ५० किलोमिटरको पुल्चोकी अल्ट्रा म्याराथन जितेपछी राईको जीवनले नयाँ मोड लिएको नेशनल जोग्राफीले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij