२०८३ साउन १० आइतबार

शाखा विस्तारका लागि रु एक करोड नेटवर्थ पु-याउनैपर्ने नेप्सेले राख्यो मापदण्ड

ई आर्थिक    बुधबार, माघ १२ २०७३
6K
Shares
शाखा विस्तारका लागि रु एक करोड नेटवर्थ पु-याउनैपर्ने नेप्सेले राख्यो मापदण्ड

१२ माघ, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शाखा विस्तार गर्न चाहने दलालले कम्तीमा रु एक करोड नेटवर्थ पु-याउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

नेप्सले तोकेको पुँजी पु-याएपछि मात्र सेयर दलाललाई शाखा बिस्तार गर्न दिने प्रावधान अगाडि सारिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनुभयो । ‘रिमोट वर्क स्टेसन’ स्थापनाका सम्बन्धमा नेप्से सञ्चालक समितिको बैठकले नेप्से व्यवस्थापनलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो । नेप्सेले यसअघि नै शाखा विस्तार गर्ने सम्बन्धमा प्रक्रिया अघि बढाएको थियो ।

समितिको सो निर्देशनअनुसार धितोपत्र दलाल व्यवसायीलाई स्टेसन विस्तारका सम्बन्धमा व्यवसायीको पुँजी, आवश्यक पूर्वाधार, जनशक्ति, राफसाफलगायत कार्य व्यवस्थपनसम्बन्धी व्यहोरा बोर्डलाई जानकारी गराएको छ ।हाल ५० ब्रोकरमध्ये ४१ ब्रोकर उपत्यका बाहिर जान राजी भएका छन् । विसं २०७४ असार मसान्तभित्र रु दुई करोड चुक्ता पुँजी पु-याउनुपर्ने सर्तसमेत अगाडि सारिएको छ ।

‘त्यस्तै स्टेसन स्थापना गर्न चाहने दलालले कम्तीमा पावर ब्याकअप भएको तीन थान कम्प्युटर, ४०० वर्गफिटको कार्यालय, कारोबार कक्ष र डिस्प्ले हल छुट्टाछुट्टै व्यवस्था गर्नुपर्ने सर्तसमेत अगाडि बढाएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij