२०८३ भाद्र २७ शनिबार

एक हप्ता भित्र चुनावको मिति घोषणाः उपप्रधानमन्त्री महरा

ई आर्थिक    मंगलबार, माघ ११ २०७३
5.9K
Shares
एक हप्ता भित्र चुनावको मिति घोषणाः उपप्रधानमन्त्री महरा

११ माघ, काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले एक हप्ता भित्र चुनावको मिति घोषणा गर्न सरकार तत्पर रहेको बताउनु भएको छ।

आज अर्थमन्त्रालयमा नेपालको औपचारिक भ्रमणमा रहनुभएका बेलायतका लर्ड मेयर सिटी अफ लन्डन डा एन्ड्रयु पार्मलीसँगको शिष्टचार भेटमा उहाँले नेपाल सँक्रमणकालको अन्त्य गर्ने दिशामा अघि बढेको बताउँदै “एक बर्ष भित्र तिन तहको चुनाव गराउने तयारीमा सरकार छ । एक हप्ता भित्र सरकारले चुनावको मिति घोषणा गर्छ । हामी अव संबिधान कार्यान्वयनको दिशामा अघि बढ्यौ ।” भन्नुभयो ।

भेटमा उप्रधानमन्त्री महराले बेलायत र नेपाल विचको लामो आत्मीय संवन्धलाइ अझ प्रगाढ पार्न नेपाल सरकार प्रतिवद्ध रहेको वताउँदै वेलायत सरकारका तर्फबाट हुँदै आएको सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

साथै सो अवसरमा लण्डनका लर्ड मेयर पार्मलले आफुले नेपालमा रहँदा माउण्टेन फ्लाइट गरेको र व्यवसायीहरुसँग अन्र्तक्रिया गरेको जानकारी गराउँदै नेपालको हाइड्रो पावर र भौतिक निर्माणको क्षेत्रमा लगानी गर्न वेलायत सरकार तयार रहेको वताउनुभयो ।
भेटमा उपप्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डाक्टर पुण्य रेग्मी र नेपालका लागि बेलायतका राजदुत पनि सँगै हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij