१० माघ, काठमाडौं । बुम रेमिट्यान्स प्रालिले युनियन फाइनास लिमिटेड र सगरमाथा फाइनान्स लिमिटेडसँग रेमिट्यान्स सम्झौता गरेको छ । सम्झौताअनुसार बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम युनियन फाइनास र सगरमाथा फाइनान्सका सबै शाखाहरु मार्फत भुक्तानी गर्ने छन । साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य समेत गर्न सकिनेछ ।
बुम रेमीटको नेपालमा ७५ वटै जिल्लामा चार हजारभन्दा बढि प्रतिनीधीहरु रहेको बुम रेमिट्यान्सका प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले जानकारी दिनुभयो । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै हङकङ, मलेसिया, कोरीया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने उहाले बताउनुभयो ।
पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूसँग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । “बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा बैंकिङ साक्षरता कार्यक्रम गर्दै आएको छ ।”, उहाले भन्नुभयो , “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विप्रेषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्छ ।