२०८३ साउन ९ शनिबार

राजस्व संकलन ४२ प्रतिशतले वृद्धि

ई आर्थिक    सोमबार, माघ १० २०७३
6.3K
Shares
राजस्व संकलन ४२ प्रतिशतले वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०७३/०७४ पुस मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३/०७४ पुस महिनासम्मको राजस्व संकलनको लक्ष्य रु. १ खर्व ६ अर्व ३२ करोड १ लाख ६६ हजार रहेकोमा रु. १ खर्व १२ अर्व ४८ करोड ४२ लाख ५४ हजार संकलन भई लक्ष्यको तुलनामा १०६ प्रतिशतको प्रगति भएको छ । शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ रु. ६१ अर्व ८८ करोड ६० लाख ८९ हजार, मूल्य अभिवृद्धि कर रु. २८ अर्व ६० करोड २ लाख ९२ हजार र अन्तःशुल्क तर्फ रु. २१ अर्व ८ करोड ४३ लाख ९४ हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ १०९ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०० प्रतिशत र अन्तशुल्क तर्फ १०४ प्रतिशत हो । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु. ३८ करोड ४९ लाख ७२ हजार र रु. ५२ करोड ८५ लाख ७ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८९ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर १४७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर १२५ प्रतिशत, अन्तशुल्कको वृद्धिदर १६० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १३१ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३१ प्रतिशत रहेको छ ।

शीर्षक वार्षिक लक्ष्य पुस महिनासम्मको प्रगती
माघ ९ गते आन्तरिक राजस्व विभागमा आयोजित अर्ध वार्षिक समिक्षा कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले काठमाडौं उपत्यका भित्रका सवै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनु भएको थियो । शर्माले लक्ष्यभन्दा माथि राजस्व संकलन गरेकोमा सवै कर्मचारीहरुलाई बधाई दिनु भएको थियो । महानिर्देशक शर्माले हाम्रो के संकल्प थियो के पूरा भयो, के भएन विश्लेषण गरी तोकिएको लक्ष्य हासिल गर्न आगामी दिनमा सक्रिय भएर लाग्न निर्देशन दिनुभयो । महानिर्देशक शर्माले कुनै पनि करदाताको निधन भएको खण्डमा विधिसम्मत कानुनी ढंगले उसको हकदारसँग बाँकी बक्यौता उठाउन समेत निर्देशन दिनुभयो । आन्तरिक राजस्व कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुहुँदै महानिर्देशक शर्माले कार्य सम्पादन गर्दा कार्यगत सूची तयार गरी कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । लक्ष्यभन्दा कम राजस्व संकलन गर्ने कार्यालयहरुलाई के कारण लक्ष्य भन्दा कम राजस्व संकलन भयो आधार र कारण सहित लेखि पठाउन समेत निर्देशन दिनुभयो । वहालकरको असुलीमा प्रभावकारिता ल्याउन सरकारी कार्यालयले तिर्ने वहाललाई आधार मान्ने र बजार अनुगमनलाई तीव्रता दिन निर्देशन दिनुभयो ।
महानिर्देशक शर्माले कर्मचारीहरुको अभिलेख अद्यावधिक गरिराख्न समेत निर्देशन दिनुभयो । शर्माले करदाताहरुको दर्ता प्रकृया सहज हुँदा करदाता नभेटिने समस्याको समाधानका लागि दर्ता प्रकृयामा करदाताको सवै विषय अद्यावधिक गर्न समेत निर्देशन दिनु भएको थियो ।
कार्यक्रममा उपमहानिर्देशक चन्द्रकला पौडेलले वार्षिक लक्ष्यमा सवै कार्यालयको सकारात्मक देखिएको बताउनुहुँदै साँच्चै काम गर्न र साँच्चै प्रगति गर्न आगामी महिनाहरुमा कर्मचारीलाई प्रभावकारी परिचालन गर्न निर्देशन दिनु भएको थियो । विभागले मागेका मुद्दासँग सम्बन्धित कागजपत्र समयमै उपलव्ध गराइदिन निर्देशन दिनुहँुदै कार्यालयको सरसफाईमा ध्यान दिन र लिलाम विक्री समयमै गर्न निर्देशन दिनुभयो । उमहानिर्देशक पौडेलले नयाँ बजेटका सन्दर्भमा सुझावका लागि समेत अनुरोध गर्नु भएको थियो ।
उपमहानिर्देशक राजेन्द्रप्रसाद पौडेलले समीक्षा वैठकबाट उर्जा मिलेको बताउनुहुँदै प्रणालीलाई स्थापित गर्ने तर्फ लाग्न निर्देशन दिनुभयो । बुझ्ने र बुझाउने प्रयास सफल भएको बताउनुहुँदै मदिराजन्य पदार्थ र सूर्तिजन्य पदार्थमा लगाइने स्टिकरको प्रभावकारी अनुगमन गर्न र टिमवर्कमा काम गर्न समेत निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा आन्तरिक राजस्व विभागका निर्देशक अर्जुनप्रसाद भट्टराईले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा राजस्व संकलनको लागि हाल सञ्चालन भएका मुख्य मुख्य कार्यहरुमा बजार अनुगमन टोली गठन गरी अनुगमनको कार्यलाई तीब्रता दिईएको, मोवाइल एप्स÷एसएमएस सञ्चालन गरिएको र सो को प्रयोग प्रभावकारी भएको, राजस्व असुलीलाई प्राथमिकतामा राखी किस्ता दाखिला गराउने, वक्यौता असुली, म्याद थप भएका करदाताको विवरण पेश गराउने, एसएमएस सर्भिस प्रचार प्रसार, अनुगमन गर्ने कार्य प्रभावकारी रुपमा सञ्चालन गरिएको बताउनुभयो । त्यसैगरी बेरुजु, वक्यौता, संकलनलाई प्राथमिकता दिई सबै कार्यालयले सबै कर्मचारीलाई पछिल्लो एक हप्ता असुलीको कार्य गर्ने गरी निर्देशन गरिएको, सबै करदाताको विवरण अद्यावधिक गर्ने कार्य प्रभावकारी रुपमा संचालन गरिएको, तोकिएका करदातामा ईसीआरलाई प्रयोगमा ल्याउनको लागि तयारी भईरहेको तथा सबैका लागि स्यायी लेखा नम्वर लिने कार्य संचालन भईरहेको लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij