२०८३ साउन ९ शनिबार

‘पर्यटन प्रवद्र्धन गर्न आन्तरिक पर्यटकलाई आकर्षित गर्नुपर्छ’

ई आर्थिक    आइतबार, माघ ९ २०७३
4.8K
Shares
‘पर्यटन प्रवद्र्धन गर्न आन्तरिक पर्यटकलाई आकर्षित गर्नुपर्छ’

काभ्रे, ९ माघ । मुलुकमा पर्यटन क्षेत्रको विकास गर्न आन्तरिक पर्यटकलाई आकर्षित गर्नुपर्ने उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले बताउनुभएको छ ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिले आज यहाँ आयोजना गरेको ‘नगरकोट क्षेत्रको पर्यटन, चुनौती र अवसर’ विषयक अन्तक्र्रिया कार्यक्रममा राज्यमन्त्री वादेले होटल व्यवसायीले स्थानीय क्षेत्रको स–साना भौतिक पूर्वाधारको विकास आफैले गर्न सके पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउनुभयो ।

“पर्यटन व्यवसायी भूकम्पपछि ठूलो आर्थिक सङ्कटमा छन्, सरकार उहाँहरुको समस्या समाधानका निम्ति सधैँ प्रतिबद्ध छ,” उहाँले भन्नुभयो । व्यवसायीलाई निर्धक्क भएर काम गर्ने सरकारले वातावरण तयार पारेको र त्यसको उपयोग गर्न राज्यमन्त्री वादेले व्यवसायीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्रबहादुर लामाले नगरकोट क्षेत्रमा पर्यटनको विकासका लागि समिति सधैँ प्रतिबद्ध रहको बताउनुभयो । सो क्षेत्रको विविध परम्परा र संस्कृति लोप हुनबाट जोगाउन समितिले विभिन्न कार्य गर्दैआएको उहाँको भनाइ थियो । कार्यक्रममा सहभागि विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिले नगरकोट क्षेत्रमा मिचिएका सार्वजनिक जग्गाको विषयमा समेत कुरा उठाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij