२०८३ साउन ९ शनिबार

काठमाडौंको न्युरो अस्पतालमा तोडफोड, २३ जना प्रहरीको नियन्त्रणमा

ई आर्थिक    आइतबार, माघ ९ २०७३
4.9K
Shares
काठमाडौंको न्युरो अस्पतालमा तोडफोड, २३ जना प्रहरीको नियन्त्रणमा

९ माघ,काठमाडौं । काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा विरामीको मृत्यु भएको भन्दै तोडफोड गरिएको छ ।

सडक दुर्घटनामा परी गम्भीर घाइते भएका २७ बर्षीय युनिस नगरकोटीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित भिडले अस्पतालमा तोडफोड गर्नुकासाथै चिकित्सक र कर्मचारीलाई कुटपिट समेत गरेका छन् ।

नगरकोटीको मृत्युको खबर सुनेर अस्पताल पुगेका दर्जनौं व्यक्तिले अन्धाधुन्ध आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ । घटनामा करीव दुई दर्जन व्यक्ति घाइते भएको बताइएको छ ।

घटना लगत्तै पुगेका प्रहरीले तोडफोडमा संलग्नहरुलाई नियन्त्रण गर्न खोज्दा प्रहरीमाथि पनि आक्रमण भएको थियो । घटनामा संलग्न २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सडक दुर्घटनामा परेका नगरकोटीको शल्यक्रिया सफल भएपनि स्पाइनल प्यारालाइज हुने जानकारी चिकित्सकले आफन्तलाई गराएको दावी अस्पतालको छ । त्यसपछि एक्कासी बेहोस भएका नगरकोटीलाई आइसियू लग्दालग्दै मृत्यु भएको अस्पताल प्रशासनको भनाइ छ ।

सोही बिषयलाई अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित भीडले अस्पतालमा तोडफोड र चिकित्सकहरुमाथि आक्रमण गरेको र आफूहरुमाथि सुरक्षा चुनौति रहेको अस्पतालका चिकित्सक र कर्मचारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij