२०८३ साउन ९ शनिबार

बैंकिङ कसुरमा फरार रहेका पक्राउ

ई आर्थिक    आइतबार, माघ ९ २०७३
3.2K
Shares
बैंकिङ कसुरमा फरार रहेका पक्राउ

९ माघ , बनेपा। करिब तीन वर्षदेखि बैंकिङ कसुरमा फरार रहेका ५० वर्षीय बनेपा नगरपालिका– ११ निवासी प्रकाश केसीलाई प्रहरीले बनेपाबाट शनिबार पक्राउ गरेको छ ।

तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र रु पाँच करोड २५ लाख जरिवाना हुने ठहर गरी फैसला गरेकामा फरार रहेकाले पक्राउ गरी कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । उनलाई २०७१ साल वैशाख २९ गते कैदसहित जरिवानाको फैसला सुनाइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij