९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध १० लाख भन्दा बढी मानिसहरु सडकमा उत्रिएका छन्। अमेरिकाका विभिन्न सहरका साथै विश्वका अन्य देशहरुमा पनि ट्रम्पविरुद्ध प्रदर्शन तथा -याली भएको हो ।
अपेक्षा गरिए भन्दा ठूलो संख्यामा प्रदर्शनकारीहरु विरोधमा उत्रिएका छन् र विश्वभरमा गरेर ६ सय भन्दा बढी -याली भएको ठानिएको छ। ट्रम्पले भने शनिबारको प्रदर्शनहरुबारे भने केही प्रतिक्रिया दिएका छैनन्।
सबैभन्दा ठूलो प्रदर्शन अमेरिकाको राजधानी वाशिङटनमा भएको छ, जहाँ झण्डै ५ लाख मानिस सहभागी भएको अधिकारीहरुको अनुमान छ ।
किन भयो ट्रम्पको बिरोध?
ह्वाइट हाउसको नयाँ प्रशासनले महिला अधिकारको विषयलाई संकटमा पार्ने अधिकारकर्मीहरुले ठानेका छन्।
विरोध गर्नुको उद्देश्य सिद्धान्तत: महिला अधिकारका विषयलाई प्राथमिकता दिनु थियो।
विरोध र्यालीहरुमध्ये सबैभन्दा ठूलो वासिङ्टनको थियो, जहाँ अधिकारीहरुले पाँच लाख भन्दा बढी मानिसहरु भेला भएको अनुमान गरिएको छ।
शुरुमा आयोजकहरुले वासिङ्टनमा दुई लाख मानिस आउने अपेक्षा गरेका थिए।
धेरैले शुक्रबार राष्ट्रपतिको शपथ कार्यक्रममा भेला भएका मानिसहरु भन्दा उनको विरुद्ध उत्रिएका मानिसको संख्या बढी भएको अनुमान गरेका छन्।