७ माघ, काठमाडौं । नेपालएसबिआई बैंक लि.ले बैंकको हकप्रद शेयर निष्काशन गर्ने भएको छ। जसमा बैंकले बिक्री प्रवन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । बैंकले १,९९,१९,४२३.६० कित्ताहकप्रद शेयर निष्काशन गर्न क्यापिटलसँग सम्झौता गरिसकेको छ।
नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम आगामी आषाढ मसान्तभित्र बैंकको चुक्तापूँजी ८ अर्ब पुयाउने क्रममा बैंकको गतवर्ष सम्पन्न २२ औँ साधारण सभाको निर्णय अनुसार बैंकले हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हाल बाँडफाँडको क्रममा रहेको फर्दर पब्लिकइश्यू (एफपिओ)र आगामी २३ औँ साधारणसभा समक्ष प्रस्तावित २८ प्रतिशत वोनश शेयर वितरण पश्चात हकप्रद शेयर निष्काशन हुने हुँदा प्रत्येक १० कित्ता शेयर वराबर ४ कित्ताकादरले अर्थात १०:४ को अनुपातमा उक्त हकप्रद शेयर निष्काशन हुनेछ ।
नेपालएसबिआई बैंक लिमिटेड नेपाल र भारतको संयुक्तलगानीमा भारतीय स्टेट बैंक तथा कर्मचारी संचयकोषको प्रवद्र्धनमा स्थापित बैंक हो । बैंकले हाल ७३ वटा व्यवशायिक इकाई (३ वटा क्षेत्रीयकार्यालय सहित) र ८६ वटा एटिएममार्फत सेवाप्रदानगर्दै आएको जनाएको छ ।