२०८३ साउन ९ शनिबार

पूर्व प्रधानमन्त्री ओलीद्वारा पिएलओ लुब्रिकेन्टस फ्याक्ट्री अबलोकन

ई आर्थिक    शुक्रबार, माघ ७ २०७३
15.7K
Shares
पूर्व प्रधानमन्त्री ओलीद्वारा पिएलओ लुब्रिकेन्टस फ्याक्ट्री अबलोकन

७ माघ, काठमाडौं । पूर्वाञ्चल ल्युव आयल प्रालि (पिएलओ) १५ बर्ष पुगेको अबसर पार्दै नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कारखाना अबलोकन गर्नुभएकोछ ।

नेपालमा उत्पादन हुने लुब्रिकेन्टस मध्ये अग्रणी रहेको पिएलओले नेपालमा ८ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीका डाइरेक्टर कष्ण प्रसाद दुलालले बताउनुभयो । मोरङको बिराटचोकमा रहेका यस कम्पनीले पिएलओ, मेगा र स्टार ब्राण्डका ९० भन्दा बढी प्रकारका लुब्रिकेन्टस उत्पादन गरिरहेको छ ।

प्रत्यक्ष रुपमा २ सय भन्दा बढीलाई रोजगारी दिइरहेको पिएलओका देशभरमा ७ सय भन्दा बढी डिस्ट्रीब्युटर रहेका छन् । कम्पनिले चालु आर्थिक बर्षमा ५० करोड बढीको कारोबार गर्ने लक्ष्य लिएको डाइरेक्टर दुलालले बताउनुभयो ।

पिएलओको अबलोकन कार्यक्रममा पूर्व संचारमन्त्री शेरधन राइ र पूर्व कानून मन्त्री अग्नी खरेलको पनि उपस्थिती रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij