२०८३ साउन ११ सोमबार

सरकार गठनको ६ महिनापछि दुई मन्त्री थप, मन्त्रीद्वयको शपथ ग्रहण

ई आर्थिक    बिहिबार, माघ ६ २०७३
4.7K
Shares
सरकार गठनको ६ महिनापछि दुई मन्त्री थप, मन्त्रीद्वयको शपथ ग्रहण

६ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई मन्त्री थप गरेर आज मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । संविधान संशोधनको बिषयमा संसदभित्र सत्तापक्ष र प्रतिपक्षीबीच धुव्रिकरण बढिरहेका बेला प्रधानमन्त्री दाहालले साना दललाई सरकारमा सहभागि गराउनु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उहाँहरुलाई शपथ ग्रहण गराइएको हो ।

प्रधानमन्त्री दाहालले मौजुदा मन्त्रिमण्डल विस्तार गर्दै सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । मन्त्रिमण्डलमा सिंह र खड्का थपिनुभएपछि मन्त्रिमण्डल सदस्यको सङ्ख्या अब ४३ पुगेको छ ।

नवनियुक्त मन्त्री सिंह समाजवादी जनता दल र खड्का अखण्ड नेपाल पार्टीबाट व्यवस्थापिका–संसद्को सदस्य हुनुभएको हो । सिंह यसअघि पनि मन्त्री भइसक्नुभएको थियो भने खड्का मन्त्रिपरिषद्मा नयाँ हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij