६ माघ, काठमाडौं। नेपाल स्टक एक्सचेञ्जमा विहिबार ३७ लाख ७२ हजार दुई सय ७५ कित्ता सेयर सुचिकृत भएका छन् । दुई कम्पनीको बोनस र एक कम्पनीको हकप्रद गरी जम्मा तीन कम्पनीको उक्त परिमाणको सेयर सुचिकृत भएको हो ।
नेप्सेले जनाएअनुसार सबैभन्दा बढि सिद्धार्थ डेभलपमेन्ट बैंकको २७ लाख ४६ हजार सात सय ७६ कित्ता बोनस सेयर सुचिकृत भएको छ भने अन्य कम्पनीहरुमा युनाईटेड फाईनाईन्सको नौं लाख २७ हजार ९९ कित्ता बोनस सेयर तथा प्रोगेसिभ फाईनाईन्सको ९८ हजार चार सय कित्ता हकप्रद सेयर सुचिकृत भएको छ ।