६ माघ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वर्तमान पूंजी बजारलाई ध्यानमा राखि वार्षिक ९.५५ प्रतिशत ब्याज प्रदान गर्ने गरी १८० दिने मुद्धति निक्षेप योजाना ल्याएको छ ।
ग्राहकवर्गले उक्त मुद्धति निक्षेप यस बैंकको कुनै पनि शाखाबाट खाता खोल्न सक्ने छन् । साथै नेपाल धितोपत्र बोर्डबाट आस्वाको सदस्यता प्राप्त गरी माघ १ गते देखि उक्त सेवा आफना सम्पूर्ण शाखाहरुवाट संचालन गरेको छ । लगानीकर्ताले यस प्रणालीबाट आईपिओ र एफपिओमा लगानी गर्दा निजको खातामा रकम रोक्का राखी दिने र शेयर बाँडफाँडमा परे बमोजिम रकम मात्र कट्टा गरी बाँकी रकम खातामा फुकुवा गर्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ।
सेवाबाट यस बैंकमा खाता भएका ग्राहकवर्गले प्राथमिक निष्काशनको समयमा आवेदन बुझाउन लाइन बस्नुपर्ने, बाँडफाँडपछि चेक संकलन गर्नुपर्ने समय समेत अन्य कार्यमा सदुपयोग गर्न सक्नेछन् ।