६ माघ, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी) लाई नेपाल धितोपत्र बोर्डले आस्वा सदस्यता प्रदान गरेको छ ।
यस प्रणालीबाट ग्राहकले शेयर कारोबार गर्दा लगानी गरेको रकम लगानीकर्ताको खातामा नै रोक्का हुने र शेयर बाँडफाँड पश्चात् खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गर्न सक्ने बैंकले जनाएको छ।
यस सेवाबाट एनसीसी बैंकमा खाता भएका ग्राहकहरु प्राथमिक निष्कासनको समय आवेदन बुझाउन घण्टौं लाईन बस्नुपर्ने, बाँडफाँड पश्चात् चेक संकलन गर्नु पर्ने, चेक संकलन गर्नु पर्दा घण्टौं लाईन बस्नुपर्ने, चेक क्लियरिङ्ग गर्नुपर्ने जस्ता समस्याबाट झन्झट मुक्त हुने बैंकले जनाएको छ ।