२०८३ भाद्र २७ शनिबार

आस्बा अनिवार्य गर्ने बोर्डको योजना

ई आर्थिक    बिहिबार, माघ ६ २०७३
7K
Shares
आस्बा अनिवार्य गर्ने बोर्डको योजना

६ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘आस्बा’ (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणाली अनिवार्य रुपमा लागू गर्ने योजना बनाएको छ ।
आस्बा प्रणाली हाल ऐच्छिक भएकोले बोर्डले अनिवार्य नगरेसम्म बिद्यमान संकलन केन्द्र सम्बन्धी व्यवस्थामार्फत समेत लगानीकर्ताहरुले सार्वजनिक निष्काशनमा शेयर खरिदका लागि आवेदन गर्न सक्नेछन र यस सम्बन्धमा लगानीकर्ताहरुलाई जानकारी दिन बोर्डबाट सार्वजनिक सूचना समेत प्रकाशन गरिसकिएको छ ।

साथै हाल बोर्डले नेपाल राष्ट्र बैंकबाट “क” वा “ख” वर्गको इजाजतपत्र प्राप्त संस्थाहरुलाई उक्त प्रणालीमा समावेश गरी कार्य अगाडि बढाएकोमा नेपाल वित्तीय संस्था संघको अनुरोधलाई समेत दृष्टिगत गरी आगामी फागुन महिनादेखि नेपाल राष्ट्र बैंकबाट “ग” वर्गका इजाजतपत्र प्राप्त वित्त कम्पनीहरुलाई समावेश गराई यस प्रणालीलाई क्रमशः अनिवार्य गर्ने बोर्डको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij