२०८३ साउन ९ शनिबार

हुन्डीको कारोबार गर्ने चिनियाँ पक्राउ

ई आर्थिक    शनिबार, पौस १६ २०७३
6K
Shares
हुन्डीको कारोबार गर्ने चिनियाँ पक्राउ

काठमाडौँ, १५ पुस । हुन्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले चिनियाँ झाव युलाई आज पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले होटलमा जाँच गर्ने क्रममा होटल डिङ हुहाङ डिङ वानको कोठा नं ३०२ बाट रु ८४ लाखसहित उनलाई पक्राउ गरेको हो । उनका साथमा राजीव गौतमका नाममा रहेको एनसिसी बैंकको रकम रु ११ लाख ७६ हजारको चेकसमेत प्रहरीले बरामद भएको छ । गौतमसमेत पक्राउ परेका छन् ।

ठमेल इलाकामा रहेका होटलमा अवैध मुद्राको कारोबार भएको सूचनाका आधारमा प्रहरीले छापा मारेको महानगरीय प्रहरी परिसर, काठमाडौँका निमित्त प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिनुभयो । सो रकम हुन्डी कारोबारका लागि प्रयोग भएको आशङ्कामा प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij