दर्जनाै कुख्यात आर्थिक अपराधमा संलग्न सुधिर बस्नेत पक्राउ परेका छन् । पीडितलाई छल्दै प्रशासनको सेटिङमा राजधानीमा घुमिरहेका उनलाई अदालतको फैसला कार्यन्वयन इकाई, काठमाडौं प्रहरी परिसर अपराध महाशाखाको टोलिले पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतको दुई वटा फैसला र भक्तपुर जिल्ला अदालतको एक फैसला कार्यन्वयन नभएको भन्दै उनलाई पक्राउ गरिएको हो ।
उनलाई धापासीस्थित आफ्नै घरबाट मध्यराती १२ बजे पक्राउ गरिएको प्रशासनले पुष्टि गरेको छ । प्रहरीलाई सर्वसाधारणले दिइएको सुइको अनुसार उनी पक्राउ परेका हुन । पक्राउ परेका बस्नेतलाई कैद भुक्तानका निम्ति कारगार पठाइने भएको छ । त्यसैगरी अन्य पीडितले दिएको उजुरीको आधारमा बयान समेत लिइने भएको छ ।
स्थानीय प्रशासनलाई सेटिङ मिलाएर काठमाडौं र भारत बस्दै आएका उनले बिचमा देशका विभिन्न स्थानमा रहेको आफ्नो कारोबार र समस्यामा परेको जग्गाको विक्रीको व्यवस्थापन समेत मिलाउँदै आएका थिए । भरपर्दो स्रोतका अनुसार उनी महिनामा आधा समय नेपाल र आधा समय भारतमा हुन्थे ।
सहकारीको ठूलो रकम हिनामिना गरेका उनले विभिन्न बैंकहरुबाट करिब २ अर्ब रुपैयाँको हाराहारीमा ठगि गरि फरार रहेका थिए । सहकारी पिडितले समेत खोजिरहेको अबस्थामा उनलाई पुलिसले पक्राउ गरेको हो । उनले सञ्चालन गर्दै आएको ओरेन्टल र प्यासिफिक कोअपरेटिभबाट हजारौं सर्वसाधारणलाई ठगेका छन् ।
ठगी मुद्दामा २०७२ चैत १६ गते दुई वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार रुपिँया जरिवानाको फैसला गरेको थियो । त्यसैगरी काठमाडौं जिल्ला अदालतले अर्को ठगीको मुद्दामा २०७३ असार ३० गते ४ लाख ९४ हजार जरिवाना र ६ महिना कैद फैसला गरेको थियो । भक्तपुर जिल्ला अदालतले पनि ठगी मुद्दामा २०७२ मंसिर ७ गते दुई वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैँया जरिवाना तोकेको थियो ।
घरजग्गा काराबारी सुधिरले बैंकिङ अपराधका अतिरिक्त घरजग्गा समेत सयौं सर्वसाधारणलाई ठगेका छन् । अहिले उनलाई धरजग्गा ठगिका पनि दर्जनौं मुद्दाहरु रहेका छन् । यी अघोषित फरार रहेपछि उनका धेरैजसो मुद्दाहरु विभिन्न निकायहरुमा विचाराधिन अवस्थामा रहेका छन् ।