२०८३ साउन ९ शनिबार

एन. बी. इन्सुरेन्स कम्पनीको अध्यक्षमा हेमराज ढकाल नियुक्त

ई आर्थिक    मंगलबार, पौस १२ २०७३
8.6K
Shares
एन. बी. इन्सुरेन्स कम्पनीको अध्यक्षमा हेमराज ढकाल नियुक्त

एन.बी.ईन्सुरेन्स कम्पनी लिमिटेडको मिति २०७३ पौष १० गते बसेको संचालक समितिको ७१र४३औं बैठकको निर्णयानुसार हेमराज ढकाल सर्वसम्मतीबाट अध्यक्ष पदमा नियुक्त हुनु भएको छ ।

ढकाल राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायमा संलग्न आईएमई ग्रुप अन्तर्गतको विभिन्न संस्थाहरुमा प्रबन्ध संचालक हुनुहुन्छ । त्यसैगरी काठमाण्डौं फन पार्क (चन्द्रागिरी हिल्स) लिमिटेड लगायत विभिन्न संस्थहरुमा संचालक पदमा कार्यरत हुनुहुन्छ । व्यवस्थापनमा स्नातकोत्तर उपाधी हाँसिल गरी एक सफल उद्योगी तथा व्यवसायीको रुपमा रहनु भएको हुनाले उहांको नेतृत्वमा कम्पनीले आउँदा दिनहरुमा अझै प्रगती गर्ने विश्वास लिइएको छ । कम्पनीले आ.ब. २०७२/०७३ को बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।

त्यसैगरी उक्त समयमा कम्पनीका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले १ बर्ष १० महिना कम्पनीको अध्यक्ष पदमा रही कम्पनीलाई आजको अवस्थासम्म ल्याउन असाध्यै राम्रो नेतृत्वदायी भूमीका खेल्नु भएकोमा उहाँको योगदानलाई सञ्चालक समिति तथा कम्पनीको तर्फबाट कदर गर्दै धन्यवाद दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij