२०८३ साउन ९ शनिबार

गण्डकी विकास बैंकको २०.६० प्रतिशत बोनश शेयर पारित, खुद नाफा १३ करोड

ई आर्थिक    मंगलबार, पौस १२ २०७३
4.8K
Shares
गण्डकी विकास बैंकको २०.६० प्रतिशत बोनश शेयर पारित, खुद नाफा १३ करोड

गण्डकी विकास बैंकका २०७३ पौष ११ गते सोमबार सम्पन्न तेह्रौं बार्षिक साधारण सभाले शेयरधनिहरुलाई २०.६० (कर समायोजन सहित) प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष पद्मप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको सभाले उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

सोही सभाले बैंकको जारी तथा चुक्ता पुँजि बृद्धी गरी प्रबन्धपत्र र नियमावलीमा संसोधन गर्ने प्रस्ताव समेत पारीत गरेको छ । यस पश्चात बैंकको कुल चुक्ता पुँजी रु ६४ करोड ३९ लाख ५६ हजार २ सय रुपैया पुग्ने छ । सभाले विद्यमान संस्थापक र सर्वसाधरण शेयरधनिको शेयर अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम रहेकोमा सो अनुपात परिर्वतन गरी ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने विषेश प्रस्ताव पनि पारित गरेको छ । उक्त सभामा आतिथ्यता ग्रहण गरी आउनु भएका फेवा विकास बैंकका संचालक समिति अध्यक्ष विन्दुकुमार थापाले आफ्नो मन्तब्य राख्दै गण्डकी विकास बैंकसँग मर्ज हुन लागेकोमा खुसी व्यत्त गर्दे सफलताको कामना गनुभएको थियो । साथै उहाँले चैत्र मसान्त सम्ममा संयुक्त कारोवार गर्ने कुरा समेत व्यक्त गर्नुभएको थियो ।

पोखरामा केन्द्रीय कार्यालय रही राष्ट्रीय स्तरको विकास बैंकको रुपमा कार्यरत फेवा विकास बैंकसँग मर्जरको अन्तिम तयारीमा रहेको यस विकास बैंकले गत आर्थिक वर्षमा रु. १३ करोड खुद मुनाफा आर्जन गरेको थियो जुन गत आ.ब.को भन्दा १९.४० प्रतिशतले बढी भएको बैंकका प्रमुख कार्यकारी अधिकृत छविन्द्र नाथ शर्माले जानकारी गराउनुभयो । २०७३ आषाढ मसान्त सम्ममा बंैकको कूल निक्षेप रु.५ अर्व ५३ करोड र कर्जा लगानी रु.४ अर्व ६१ करोड रहेको थियो जुन गत आ.ब.को भन्दा क्रमश २२.५८ र २०.१० प्रतिशतले बढी हो । सोही अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ०.१९ प्रतिशत रहेको प्रमुख कार्यकारी अधिकृत शर्माको भनाई थियो ।

ग्राहकहरुलाई सरल, सहज र सर्वसुलभ वित्तिय सेवा पु¥याउदै आएको यस बैंकले पश्चिमाञ्चल क्षेत्रका १० जिल्ला अन्र्तगत कुल २० वटा शाखा कार्यालय र केन्द्रीय कार्यालय समेत गरी कुल २१ स्थानवाट कारोवार संचालन गर्दे आएको छ । बैंकले ग्राहकहरुलाई आधुनिक सेवाहरु मोवाईल बैकिङ्ग, एटिएम, एबीबीएस, रेमिट्यान्स, लकरसेवाहरु उपलब्ध गराउदै आएको छ । साथै बैंकले विभिन्न कर्जा शिर्षकहरुमा सरल र सहज तरीकाले छिटोछरितो रुपमा कर्जा उपलब्ध गराउनुका साथै निक्षेपमा आकर्षक ब्याजदर प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij