२०८३ साउन ९ शनिबार

माघदेखि श्रमस्वीकृति अनलाइनबाटै

ई आर्थिक    सोमबार, पौस ११ २०७३
8.2K
Shares
माघदेखि श्रमस्वीकृति अनलाइनबाटै

काठमाडौं

सरकारले वैदेशिक रोजगारीमा जानेका लागि माघदेखि अनलाइनबाटै श्रमस्वीकृति दिने भएको छ । वैदेशिक रोजगार विभागले अनलाइन सिस्टमबाटै वैदेशिक रोजगारीमा जानेको पूर्वश्रम स्वीकृतिको प्रक्रिया सुरुवात गर्ने भएको हो ।

विभागका अनुुसार म्यानपावरले लिने पूर्वश्रम स्वीकृतिको अनलाइनबाट काम सुरु गर्न लागिएको हो । विभागले व्यक्तिगत श्रम स्वीकृति र रिइन्ट्रीको आवेदनलाई माघदेखि अनलाइनमा लैजाने बताएको छ । अहिले संस्थागतमा मात्रै अनलाइमा लैजाँदा कामदारलाई खासै सुविधा पुग्नेछैन । विभागले सुरु गरेको यो प्रक्रियाअनुसार अनलाइन सिस्टम सुरु भएपछि श्रम इजाजतको प्रक्रियाका लागि कामदारलाई एउटै कामका लागि बारम्बार विभाग धाउनुपर्ने अवस्था रहँदैन । श्रम स्वीकृतिका लागि उपत्यका र उपत्यकाबाहिरका जुनसुकै ठाउँबाट पनि अनलाइन आवेदन गर्न सकिने विभागले जनाएको छ ।

विभागले यो सिस्टमलाई ‘फरेन इम्प्लोयमेन्ट इन्फरमेसन म्यानेजमेन्ट सिस्टम’ (एफइआइएमएस) नाम दिएको छ । यो सिस्टमबाट पहिलो चरणमा संस्थागत रूपमा विदेश जान लागेका युवाको कागजी दस्ताबेज अनलाइनमा बुझ्नेछ ।

यो प्रक्रिया थालेपछि म्यानपावरले सिधै पूर्वश्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij