२०८३ साउन ११ सोमबार

तरकारी खेतीका लागि युवालाई नौ लाख अनुदान रकम

ई आर्थिक    सोमबार, पौस ११ २०७३
5.5K
Shares
तरकारी खेतीका लागि युवालाई नौ लाख अनुदान रकम

कञ्चनपुर

युवा जनशक्तिलाई वैदेशिक रोजगारमा जानबाट रोक्नका लागि जिल्ला कृषि विकास कार्यालयले व्यावसायिक तरकारी खेतीका लागि १५ युवालाई रु नौ लाख अनुदान रकम उपलब्ध गराउने सम्झौता गरेको छ ।

स्वदेशमै व्यावसायिक तरकारी खेती गरी रोजगारीका अवसर सिर्जना गर्न कार्यालयले युवा लक्षित तरकारी खेती कार्यक्रमअन्तर्गत रु ६० हजारका दरले अनुदान रकम उपलब्ध गराउने सम्झौता गरेको हो ।

व्यावसायिक तरकारी खेतीका लागि विदेशबाट फर्केका, विदेश जाने इच्छा देखाएका, विपन्न, दलित, द्वन्द्वपीडित, तरकारी खेतीबारे तालिम लिएका, बजार व्यवस्थापन गर्न सक्ने र गत वर्ष तरकारी खेतीका लागि आवेदन दिएर छनोटमा नपरेका युवालाई छनोट गरी अनुदान रकम उपलब्ध गराइएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत, यज्ञराज जोशीले बताउनुभयो ।

व्यावसायिक तरकारी खेतीका लागि कार्यालयमा ४३ युवाले आवेदन दिएकामा १५ युवा छनोटमा परेका र उनीहरुले एक बिगाहा खेतमा हिउँद र वसन्त याममा अनिवार्य तरकारी खेती गर्नुपर्ने गरी तालिम दिइएको अधिकृत जोशीले बताउनुभयो ।

सोही कार्यक्रमअन्तर्गत आव २०७१÷७२ मा ७२ युवालाई रु ६० हजारका दरले व्यावसायिक तरकारी खेतीका लागि अनुदान रकम उपलब्ध गराइएको थियो भने आव २०७०÷७१ मा ४० युवालाई तरकारी खेतीका लागि अनुदान रकम उपलब्ध गरिएको थियो ।

कञ्चनपुरमा चार हजार २७० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ५३ हजार ८३४ मेट्रिक टन तरकारीउत्पादन हुँदै आएको छ । युवा लक्षित व्यावसायिक तरकारी खेती कार्यक्रम सुरु गरिएपछि यस वर्ष तरकारी खेतीका लागि ३० बिगाहा जग्गा बढ्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij