२०८३ साउन ९ शनिबार

विकासका लागि साझा दृष्टिकोण आवश्यक – राष्ट्रपति भण्डारी

ई आर्थिक    सोमबार, पौस ११ २०७३
6.3K
Shares
विकासका लागि साझा दृष्टिकोण आवश्यक – राष्ट्रपति भण्डारी

विराटनगर

राष्ट्रपति विद्यादेवी भण्डारीले दलीय दृष्टिकोणभन्दा माथि उठेर विकास निर्माण कार्यमा सबै दललाई अगाडि बढ्न सुझाव दिनुभएको छ ।

मदन भण्डारी स्मृति प्रतिष्ठानद्वारा इटहरा–८ मा इटहराको विकास र समृद्धिका लागि ‘मदन ग्राम प्रवद्र्धन’ कार्यक्रममा सो सुझाव दिनुभएको हो ।

मोरङ शीर्ष नेताहरुको जिल्ला भएपनि सो अनुरुपको विकास नभएको चर्चा गर्दै उहाँले सांसदलाई दलीय दृष्टिकोणबाट माथि उठेर जिल्लाको विकास कार्यमा साझा दृष्टिकोणका साथ बजेट माग गर्न सुझाव दिनुभयो ।

जनप्रतिनिधि हुँदा आपूm मुलुकको शान्ति र विकासका लागि काम गरेको स्मरण गर्दै उहाँले अहिले राजकीय जिम्मेवारीमा राष्ट्रपति भएर पनि जनताको शान्ति र विकासको चाहना पूरा गर्न क्रियाशील रहेको बताउनुभयो ।

जनताको निगरानीमा हुने काममा कम अनियमितता हुने गरेको भन्नुहुँदै उहाँले जनतालाई पनि आफ्ना विकासका लागि आवाज उठाउन सुझाव दिनुभयो ।

मदन स्मृति प्रतिष्ठानको माध्यमबाट समाजको उत्थानमा अग्रसर रहने विश्वास प्रकट गर्दै उहाँले इटहरा गाविसमा स्वास्थ्य, खानेपानी र शिक्षाको विकासमा बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

इटहरा–८ स्थित आफ्नै पुरानो घरमा प्रतिष्ठान सञ्चालनमा रहेको र यो घर सार्वजनिक स्थलको रुपमा रहिरहोस् भन्ने उद्देश्यले परिवारको तर्फबाट न्यून रकममा घर तथा जग्गा प्रदान गरिएको जानकारी गराउनुभयो ।

सो प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक गोपाल गुरागाई, शिवराज पौडेलललगायतले आ–आफ्ना विचार प्रकट गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij