नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को २५ औं साधारणसभा नयां सञ्चालक समिति र लेखा समितिको निर्वाचन र पदभार ग्रहण गर्दै समापन भएको छ । आज नेफ्स्कूनका निवर्तमान अध्यक्ष ऋषिराज घिमिरेले नवनिर्वा्चित अध्यक्ष डिबी बस्नेतलाई अध्यक्षताको पदभार हस्तान्तरण गर्नुभएको छ । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा लगायत सम्पूर्ण व्यवस्थापन परिवारले नवनिर्वा्चित १९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुलाई स्वागत, बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गर्नुभएको छ ।
निर्वाचन परिणाम अनुसार अध्यक्ष पदमा डिबी बस्नेतले ११७७ मत ल्याई निवार्चित हुनुभएको छ । बरिष्ठ उपाध्यक्षमा परितोष पौड्यालले ११४९ मत ल्याई निवार्चित हुनुभएको छ । महिला उपाध्यक्षमा पार्वती खाँड राई निर्विरोध निवार्चित हुनभएको छ । त्यस्तै महासचिवमा चन्द्र ढकालले ८९९ मत ल्याई निवार्चित हुनुभएको छ । कोषाध्यक्षमा केशव पोखरेल निर्विरोध निवार्चित हुनुभएको छ ।
सञ्चालकहरुमा महिलातर्फ शान्ति अधिकारी (११०५), गोमा नेपाल (१०८४) र चन्द्रकुमारी खडका (१००९), प्रादेशिक तहमा प्रदेश नं. १ बाट घनश्याम अधिकारी (१०२८), प्रदेश नं. २ बाट डा. कृष्ण पौडेल (११०५), ३ बाट दीपक पनेरु (१०५९), ४ बाट भिम गुरुङ्ग (१०७३), ५ बाट कृष्ण नेपाल (निर्विरोध), ६ बाट यज्ञ ढकाल (निर्विरोध), ७ बाट माधव जोशी (निर्विरोध) निवार्चित हुनुभएको छ । त्यस्तै ४ खुला सदस्यमा उद्धव सापकोटा (१०३३), चण्डि शर्मा पौडेल (१०१३), नानीकाजी शाक्य (९३६) र भरत दवाडी (९२९) निवार्चित हुनुभएको छ । लेखा समितिमा संयोजक दामोदर अधिकारी (निर्विरोध), सदस्यहरुमा शुभद्रादेवी महतो (निर्विरोध) र बिपिन शर्मा (१,०३४) मत ल्याई निर्वाचित हुनुभएको छ ।
नेफ्स्कून सञ्चालक समिति र लेखा समितिको प्रथम पटक बसेको वैठकले २५ औं साधारणसभामा सहभागी सदस्य संस्थाका प्रतिनिधिहरु, अतिथिहरु, सञ्चारकर्मीहरु एवम् सहभागी सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
यसैबीच राष्ट्रिय सहकारी संघलगायत विभिन्न संघ÷संस्थाहरुले नबनिर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेका छन् ।
कुन पदमा कसको मत कति ?
अध्यक्षः डिबी बस्नेत ः ११७७ मत प्राप्त (विजयी)
अध्यक्ष ः नवराज सापकोटा ः १६७ मत प्राप्त
बरिष्ठ उपाध्यक्ष ः परितोष पौड्याल ः ११४९ मत प्राप्त (विजयी)
बरिष्ठ उपाध्यक्ष ः न्हुन्छेनारायण श्रेष्ठ ः १७४ मत प्राप्त
महिला उपाध्यक्ष ः पार्वती खाँड राई (निर्विरोध)
महासचिव ः चन्द्रप्रसाद ढकाल ः ८९९ मत प्राप्त (विजयी)
महासचिब ः दिपक थापा ः ४३९ मत प्राप्त
कोषाध्यक्ष ः केशव प्रसाद पोखरेल (निर्विरोध)
महिला सदस्य
शान्ति अधिकारी ः ११०५ मत प्राप्त (विजयी)
गोमा नेपाल ः १०८४ (विजयी)
चन्द्रकुमारी खड्का ः १००९ (विजयी)
शारदा पौडेल ः २६८
खुला सदस्यतर्फ ः
उद्वव सापकोटा ः १०३३ मत प्राप्त (विजयी)
चण्डिप्रसाद शर्मा पौडेल ः १०१३ मत प्राप्त (विजयी)
भरतप्रसाद दवाडी ः ९२९ मत प्राप्त
नानीकाजी शाक्य ः ९३६मत प्राप्त (विजयी)
नवराज तामाङ ः १६९ मत प्राप्त
सन्दिप सापकोटा ः २५४ मत प्राप्त
धुर्ब प्रसाद खनाल ः १३३ मत प्राप्त
राममणी आचार्य ः १२३ मत प्राप्त
राधेश्याम सुवाल ः १५७ मत प्राप्त
प्रदेश सदस्यतर्फ ः
प्रदेश नं. १ ः
घनश्याम अधिकारी ः १०२८ मत प्राप्त (विजयी)
सुनिलदत्त अधिकारी ः ७९ मत प्राप्त
भवानीप्रसाद दंगाल ः ९९मत प्राप्त
प्रदेश नं. २
डा. कृष्ण पौडेल ः ११०५ मत प्राप्त (विजयी)
रामबाबु यादव ः १४९ मत प्राप्त
प्रदेश नं.३ः
दिपक पनेरु ः १०५९ मत प्राप्त (विजयी)
विरोद खण्ड तिमल्सिना ः १८१ मत प्राप्त
प्रदेश नं. ४ ः
भीम बहादुर गुरुङ्ग ः १०७३ मत प्राप्त (विजयी)
प्रकाश सापकोटा ः १६५ मत प्राप्त
प्रदेश नं. ५ः कृष्णप्रसाद नेपाल (निर्विरोध)
प्रदेश नं. ६ः यज्ञप्रसाद ढकाल (निर्विरोध)
प्रदेश नंं.७ः माधव जोशी (निर्विरोध)
लेखा समिति
संयोजकः दामोदर अधिकारी (निर्विरोध
सदस्य ः विपिन शर्मा १०३५ मत प्राप्त (विजयी)
सदस्य ः हरिरत्न गोर्खाली ः ७५ मत प्राप्त
सदस्य ः राजु मानन्धर ः ७३ मत प्राप्त
सदस्य ः शिवहरि श्रेष्ठ ः ५१ मत प्राप्त
सदस्यः राजु मानन्धर ः ७३ मत प्राप्त
सदस्य ः शुभद्रा महतो (निर्विरोध)
को–को भए पुरस्कृत ?
नेफ्स्कुनको २५ औं साधारणसभाले विभिन्न व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुने मध्येमा जिल्ला बचत तथा ऋण संघ रुपन्देही उत्कृष्ट जिल्लाका रुपमा पुरस्कृत भएको छ ।
नेफ्स्कुनमा ६३ जिल्ला बचत संघ आबद्व छन् । त्यस्तै ७४ जिल्लाका २ हजार ८ सय ४० सहकारी सदस्य भएका छन् ।
त्यसैगरी उत्कृष्ट सहकारीबाट स्कोप साकोस ललितपुर, सहारा महिला साकोस धादिङ पुरस्कृत भएका छन् ।
उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कारबाट नेपाल सहकारी पत्रकार समाजका पूर्वअध्यक्ष तथा कारोबार दैनिकका संवाददाता यादव हुमागाई पुरस्कृत भएका छन् ।
प्रादेशीक उत्कृष्ट सहकारीमा प्रदेश नम्बर १ बाट महिला साकोस इटहरी, प्रदेश नम्बर २ हातेमालो साकोस सिमारा बारा, प्रदेश नम्बर ३ बाट चित्रवन साकोस भरतपुर पुरस्कृत भएका छन् । त्यस्तै प्रदेश नम्बर ४ बाट सिवाईसी साकोस बाग्लुङ, प्रदेश नम्बर ५ बाट सिर्जना साकोस बर्दिया, प्रदेश नम्बर ६ बाट पिपलबोट साकोस सुर्खेत र प्रदेश नम्बर ७ बाट सिर्जना साकोस कञ्चनपुर पुरस्कृत भएका छन् ।
कर्मचारीका रुपमा नेफ्स्कुन फिल्ड कार्यालय नेपालगञ्जका सहायक अधिकृत कोमलराज अधिकारी उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएका छन् ।
त्यस्तै व्यवस्थापक मध्ये जनउत्थान सकोस रुपन्देहीका रणबहादुर थापा पुरस्कृत भएका छन् ।
त्यसैगरी नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान अनिरुद्व प्रधान र देवकी नेपालले प्राप्त गरेका छन् । नेफ्स्कुन नेफस्कून संस्थापक अध्यक्ष पुरस्कारबाट फडानी साकोस मोरङका चन्द्र गौतम र भविष्य निर्माण साकोस दोलखाका कृष्णाकुमारी बस्नेत पुरस्कृत भएका छन् । नेफ्स्कून विद्वता पुरस्कारबाट भने केशवप्रसाद बडाल पुरस्कृत भएका छन् ।