२०८३ कार्तिक ९ आइतबार

नेपालका १२ सहकारीलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह

ई आर्थिक    सोमबार, पौस ११ २०७३
21.4K
Shares
नेपालका १२ सहकारीलाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह

नेपालका १२ बचत तथा ऋण सहकारी संस्थाले अन्तर्राष्ट्रियस्तरको गुणस्तर चिन्ह प्राप्त गरेका छन् । एशियाली ऋण महासंघले १२ वटा बचत तथा ऋण सहकारी (साकोस) को अन्तिम परिक्षण सम्पन्न गरी परिक्षण गरिएका सम्पूर्ण सहकारीहरुलाई सफलताको प्रमाण पत्र प्रदान गरेको हो ।

२०६५ सालदेखि महासंघले विकास गरेको यो अवधारणा अनुरुप नेपालका साकोसहरुलाई एशियाली स्तरको गुणस्तर सुनिश्चित गर्ने कार्यक्रममा अनुरुप सो गुणस्तर चिन्ह प्रदान गरिएको हो । हाल नेपालका ४३ वटा अन्य साकोसहरु आवद्ध भई गुणस्तर चिन्ह प्राप्तीको लागि प्रयासरत रहेका छन् ।

महासंघले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार तहको ब्राण्ड निर्धारण गरिएकोमा नेपालका ४ वटा बचत तथा ऋण सहकारीले सिल्भरस्तरको ब्राण्ड प्राप्त गर्न सफल भएका छन् । यसरी यो तहको ब्राण्ड प्राप्त गर्न सफल सहकारीमा जनसचेतन साकोस, काब्रे, दोलखा, बिन्धबासिनी साकोस, बनेपा, काभ्रे, बुडोल सामुदायिक साकोस, बनेपा, काभ्रे र शुभकामना साकोस भक्तपुर रहेका छन् ।

त्यसैगरी ब्रोन्जस्तरको ब्राण्ड प्राप्त गर्ने नेपालका सहकारीको संख्या ८ रहेको छ । ती सहकारीहरुमा सामुदायिक साकोस, पनौती, काभ्रे, किसान साकोस, गैंडाकोट, नवलपरासी, विकु साकोस, गैंडाकोट, नवलपरासी र सिद्धीगणेश साकोस, भक्तपुर रहेका छन् । त्यसैगरी ब्रोन्जस्तरको ब्राण्ड प्राप्त गर्ने अन्य सहकारीमा किसान कल्याण साकोस, सुनसरी, महिला साकोस, ईटहरी, सुनसरी, स्कोप साकोस, ललितपुर र बाराही साकोस, भक्तपुर रहेका छन् ।

उपत्यकाका भक्तपुर र ललितपुरका गरी ४ सहकारी उक्त ब्राण्ड लिन सफल भएपनि सबैभन्दा बढी सहकारी संस्था भएका काठमाडौं जिल्लाबाट भने एउटा सहकारी पनि पर्न सकेका छैनन् ।

नेपालको बचत तथा ऋण सहकारी अभियानको अविभावक केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) मातहतका सदस्य बचत तथा ऋण सहकारीले उक्त ब्राण्ड प्राप्त गरेका हुन । यसको लागि नेफ्स्कूले नै सहयोगी र मध्यस्तकर्ताको भूमिका निर्वाह गरेको थियो । यो सफलतालाई नेपालको समग्र साकोस अभियानको सफलता भएको प्रतिक्रिया नेफ्स्कूनले दिएको छ ।

ईण्डोनेशिया, फिलिपिन्स र नेपालका साकोसहरु सहभागी उक्त कार्यक्रममा यति ठूलो संख्यामा सफलता प्राप्त गर्ने नेपाल पहिलो राष्ट्र समेत बन्न सफल भएको छ । यो सफलताको प्रमाणपत्र भने सेप्टेम्बर महिनामा महिनामा दक्षिण कोरियामा सम्पन्न हुने एशियाली ऋण महासंघको ३५ औं साधारणसभाको अवसरमा प्रदान गरिने कार्यक्रम रहेको छ ।

नेपालको बचत तथा ऋण सहकारी अभियानमा विगत २९ वर्षदेखि निरन्तर जागरण, विकास, व्यावसायिकीकरण, गुणस्तर सुनिश्चितता हुँदै सञ्जाल व्यवस्थापन मार्फत साकोस एकरुपता प्रणालीसम्म आईपुग्दा नेपालको साकोस अभियानले हासिल गर्दै आएको उपलब्धी थप उचाईमा पुगेको नेफ्स्कूनले जानकारी दिएको छ । नेफ्स्कूनको स्थापनाकालदेखि नै देखि निरन्तररुपमा नविनतम् प्रविधि एवं सोको व्यवस्थापन र सञ्चालनमा प्राविधिक सहयोग समेत पु¥याउँदै आएको एशियाली ऋण महासंघले नेपालको अभियानलाई समुन्नत बनाउन सुरुदेखि नै आवश्यकताका आधारमा चरणबद्ध सहयोग गर्दै आएको नेफ्स्कून प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले जानकारी दिनुभयो ।

यसै क्रममा एशियाली बचत तथा ऋण सहकारी संस्थाहरुको संस्थागत विकास, दक्षिण तथा पूर्वी एशियाका बचत तथा ऋण सहकारी संस्थाहरुको स्तरिकरण, बचत तथा ऋण सहकारी संस्थाहरुको व्यवसायिकीकरण, बचत तथा ऋण सहकारीमा लघुवित्त प्रबर्तन, बचत तथा ऋण सहकारी संस्थाहरुको गुणस्तर सुनिश्चितता मार्फत एशियाली स्तरको गुणस्तर चिन्ह प्रदान गर्ने कार्यक्रम (एक्सेस ब्राण्डिङ्ग) सम्म, एशियास्तरमा भुक्तानीको सञ्जालिकरणको लागि पेमेन्ट प्लेटफर्म समेतको  अवधारणा अगाडी ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij