२०८३ साउन ९ शनिबार

सम्पूर्ण ग्रील सहकारीको सातौं साधारणसभा

ई आर्थिक    सोमबार, पौस ११ २०७३
12.5K
Shares
सम्पूर्ण ग्रील सहकारीको सातौं साधारणसभा

ग्रील तथा स्टील ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले ग्रील ब्यवसायीद्वारा सञ्चालित सहकारीले जिल्ला भित्रका मेटल फेब्रिकेर्टसहरुको जिवनस्तर र ब्यवसायमा परिवर्तन ल्याएको बताउनुभयो । ग्रील तथा स्टील ब्यवसायी संघ ललितपुरद्वारा सञ्चालित सम्पूर्ण ग्रील बचत तथा ऋण सहकारी संस्था ललितपुरको सातौंको साधारण उदघाटन गर्नुहुंदैं उहाँले सो कुरा बताउनुभएको हो । काठमाडौं लगायतका अन्य जिल्लामा पनि सहकारीको बिकास गरि ग्रील ब्यवसायमा आवश्यक पर्ने कच्चा पदार्थको बिक्री बितरण गर्ने पसलहरुको बिकास गर्दै जाने लक्ष्य रहेको बताउनुभयो ।

ग्रील ब्यवसायीबाट सञ्चालित सहकारीबाट उत्पादन मुलक क्षेत्र र शिप र जागर भएका उधोग ब्यवसाय गर्न चाहना भएका ब्यक्तिलाई लगानी गर्न आग्रह गर्दै सहकारीहरु सहरमा मात्र केन्द्रित नभई गाउँ–गाउँमा पनि बिस्तार गरी शेयर सदस्यहरुलाई असल सफल उद्यमी र ब्यवसायी बनाउदैं रोजगारी श्रजना गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कार्यमा पनि लाग्न कटुवालले आग्रह गर्नुभयो । ा

सम्पूर्ण ग्रील बचत तथा  ऋण सहकारी संस्था  ललितपुरका अध्यक्ष मंगलकृष्ण श्रेष्ठले सहकारीबाट शेयर धनी ग्रील ब्यवसायीहरु ठेक्का टेण्डरमा ठुलो ठुलो कामहरु लिदा पँुजीको अभाव परेको बेला ग्रील जन्य कच्चा पदार्थहरु मिनीलिने गरेको, ब्यवसायीहरुले मेसिनहरु किन्दा, सवारी किन्दा ब्याजमा केही छुट दिने गरेको बताउनुभयो । साधारणसभामा अध्यक्ष कटुवालले एसएसलसीमा उत्कृष्ट अंक ल्याई उर्तिण हुने सहकारीका शेयर सदस्यका छोराछोरी र असल कारोबार गर्ने शेयर सदस्यलाई नगद तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij