२०८३ साउन ९ शनिबार

टान पर्यटक स्मारक पार्क निर्माण गरिने

ई आर्थिक    सोमबार, पौस ११ २०७३
4.7K
Shares
टान पर्यटक स्मारक पार्क निर्माण गरिने

काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले पदयात्राका क्रममा निधन भएका पदयात्रीको सम्झनामा ‘टान पर्यटक स्मारक पार्क’ को निर्माणका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ३८ औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो “छिमेकी मुलुक चीन र भारतका पर्यटकलाई नेपालमा भित्र्याउन सके नेपालमा पर्यटन व्यवसायले फड्को मार्ने थियो ।”

सो अवसरमा टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउन आफ्नो संस्था प्रयत्नशील रहेको बताउनुभयो । सो अवसरमा पर्यटन क्षेत्रमा योगदान पु¥याउने तीन पत्रकारलाई नगद पुरस्कार र नौ जना पर्यटन व्यवसायीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij