नयाँ दिल्ली (भारत)
हङकङले भारतीय पर्यटकलाई उपलब्ध गराउँदै आएको ‘अन अराइभल भिसा’मा रोक लगाउने भएको छ । सन् २०१६ को जनवरी २३ बाट भारतीय पर्यटकले हङकङ जानु अगाडि अनलाइन दर्ता गराउनुपर्ने हङकङको सूचना विभागको वेबसाइटमा उल्लेख गरिएको छ । यसअघि हङकङले भारतीय पर्यटकलाई १४ दिनको अनअराइभल भिसा दिँदै आएको थियो । हङकङ भारतीय पर्यटकको मुख्य गन्तव्यस्थलमध्येको एक हो । कूटनीतिक पासपोर्ट भएका र हङकङ ट्राभल पास भएका पर्यटकलाई भने यस प्रावधानले असर नगर्ने बताइएको छ । केही भारतीय ट्राभल एजेण्टले १४ दिने अन अराइभल भिसाको दुरुपयोग गरेकाले यस्तो कदम चालिएको विभागले जानकारी गराएको छ । एजेन्सी