२०८३ भाद्र ३० मंगलबार

डेभलपमेण्ट बैंकर्स एसोसिएसनद्वारा नवनियुक्त अर्थमन्त्रीलाई वधाई ज्ञापन

ई आर्थिक    शनिबार, चैत्र ३ २०८०
7.2K
Shares
डेभलपमेण्ट बैंकर्स एसोसिएसनद्वारा नवनियुक्त अर्थमन्त्रीलाई वधाई ज्ञापन

ई–आर्थिक, काठमाडौं । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभपलमेण्ट बंैकर्स एसोसिएसन नेपालले नव नियुक्त माननिय अर्थमन्त्री वर्षमान पुनलाई आज भेट गरि वधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ ।

डेभलपमेण्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा एसोसिएसनका पदाधिकारीहरुले अर्थमन्त्री पुनलाई भेट गर्नु भएको थियो । उक्त भेटघाटका क्रममा एसोसिएसनका अध्यक्ष श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरुले पु¥याएको योगदानको वारेमा जानकारी गराउनु भएको थियो ।

भेटघाटका क्रममा नवनियुक्त अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गिण विकासको लागि विकास बैंकहरुले पु¥याएको योगदानको प्रशंसा गर्नुका साथै कुनै पनि खराव मनसाय नराखी काम गर्दा सरकारले पूर्णरुपमा सहयोग गर्ने भएकोले निर्धक्कसँग काम गर्नको लागि सुझाव दिनु भएको थियो ।

उक्त भेटघाटका क्रममा बैंकिङ व्यवसायका समस्या र चुनौतीहरुका वारेमा समेत छलफल भएको एसोसिएसनका उपाध्यक्ष तथा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह वोहराले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij