२०८३ भाद्र २८ आइतबार

‘बैंकरले पनि गरिखाने र ठगिखाने ब्यवसायी छुट्याउनु पर्छ’

ई आर्थिक    शनिबार, पौस ७ २०८०
5.8K
Shares
‘बैंकरले पनि गरिखाने र ठगिखाने ब्यवसायी छुट्याउनु पर्छ’

महाप्रसाद अधिकारी

बैंकहरुले जति राम्रो काम गरेका छन्, त्यसको मार्केटिङ गर्न सकेनन् । देश र समाजका लागि बैंकहरुको योगदानको कदर नै भएन ।

नेपालका बैंकहरुले सन्सारमै थोरै सेवा शुल्कमा सेवा दिईरहेका छन् । नेपालका बैंकहरु साउण्ड छन् ।

सरकारी बित्तमा केही समस्या छ । पुजिगत खर्च वृद्धि भएको छैन । सामाजिक सुरक्षाका कार्यक्रमहरुको दायित्व पनि बढिरहेको छ । राजस्व संकलन घटेकाे छ ।यसलाई सुधार्न हामीले सरकारलाई आवश्यक सुझाव दिईसकेको छ ।

अहिले बजारमा पर्याप्त मात्रामा तरलता छ,हामी बैंकको तरलता खिच्नु नपरोस् भन्ने चाहान्छौ । बैंकहरुले ऋण लगानी गरून्, ब्यवसायीले पनि कर्जा लिएर ब्यवसाय बिस्तार गरून् भन्ने सोच छ ।

चालू पुजि कर्जाको दुरुपयोगले अहिले हामी सबै दु:ख पाइरहेका छौँ । चालू पुजि कर्जाको दुरुपयोग रोक्न बैंकर पनि असफल देखिए । अब सचेत हुनुहोला । कसलाई चाहिने हो ? कसलाई नचाहिने हो?? छुट्टाउनु पर्यो ।

बैंकहरुले कर्मचारीलाई लदाउने मात्रै हो ? बिहानदेखि बेलुकीसम्मै काम मात्रै गराउने हो ? ८ घण्टा काम गराउन सकिन्न ? कर्मचारीलाई तालिम खोइ ?

बैंकहरुले गरिखाने र ठगि खाने ब्यवसायी छुट्टयाउनु पर्छ । मैले ५० लाख ऋण लिएर १६० गाईभैसी पालेर दैनिक ६ लाखको दुग्ध बेचिरहनु भएका किसानलाई भेटे । ११ जनाको परिवारलाई रोजगारी दिनु भएको रहेछ ।

देशमा कतिपय यस्ता मान्छे पनि छन् जस्ले त्यति गाई पालेको भए कैयौं बैकबाट करोडौं सहुलियत ऋण र सरकारी अनुदान लिईसक्ने थिए । त्यसकारण बैंकले गरिखाने र ठगिखाने ब्यवसायी छुट्टाउनु पर्छ ।

(नेपाल बैंकर्स संघको ३७ औं साधारणसभामा गभर्नर अधिकारीले राखेको धारणामा आधारित)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij